घर फर्किएका स्वास्थ्यकर्मीलाई निर्घात कुटपिट, दुइ महिनापछि आरोपी पक्राउ

  • प्रकाशित मितिः पुस १४, २०७८
  • 709 पटक पढिएको
  • समय अनलाइन

विराटनगर । मोरङको कटहरी गाउँपालिका–३ मा रहेको अजय मेडिकोका संचालक तथा फर्मासिस्ट सकलदेव कामत कुटपिट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । स्वास्थ्यकर्मीलाई कुटपिट गरेको आरोपमा मोरङ कटहरी गाउँपालिका – ३ का २६ वर्षिय राम कुमार कामतलाई मोरङ प्रहरीले सोमबार राती पक्राउ गरेको हो ।

पक्राउ परेका कामतलाई प्रहरीले जिल्ला प्रशासन कार्यालय मोरङमा मंगलबा अर्भद्र व्यवहारको मुद्दामा पाँच दिनको म्याद थप गरि अनुसन्धान सुरु गरेको ्मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । पक्राउ परेका कामतले स्वास्थ्यकर्मी कामतलाई विराटनगरबाट घर गइरहेका बेला करिब दुइ महिना अगाडी कुटपिट गरेका थिए ।

पक्राउ परेका कामतसहित पाँच जनाको समूहले स्वास्थ्यकर्मीलाई कुटपिट गरेको आरोप छ । कुटपिट गरेपछि उनी फारर थिए । फरार भएका कामतलाई घरदेखि पक्राउ गरेको प्रहरीले जनाएको छ ।

विराटनगरबाट को ३५ प ३०५५ नम्बरको मोटसाइकलमा कटहरी घर फर्किदै थिए । बाटो छेकेर राम कामतसहितका पाँच जनाको समूहले पाइप र मुक्काले निर्घात कुटपिट गरेर फरार भएका थिए ।

फर्मासिस्ट कामतलाई २३ कार्तिकमा राति आठ बजेको समयमा कुटपिट गरेको पीडितको भनाइ छ । कुटपिटबाट कामतको अनुहारलगायतको विभिन्न भागमा चोटपटक लागेको थियो ।

आक्रमण गर्ने राम कामतसहित युवाको समूह केही दिन अगाडि अजय मेडिकोमा ‘कपसिरफ’ माग्न आएका थिए । कपसिरफ नदिदा पुरानो रिसिइबीलाई लिएर आक्रमण गरेको पीडितको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved