देउवाप्रति रवीन्द्र मिश्रको आक्रोश : कांग्रेसको कार्यालयमा बीपीको फोटो हटाएर प्रचण्डको फोटो झुन्ड्याउनोस्!

  • प्रकाशित मितिः पुष १४, २०७८
  • 441 पटक पढिएको
  • समय अनलाइन

काठमाडाैं । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले कांग्रेसको पार्टी कार्यालयमा बीपी कोइरालाकोे फोटो हटाएर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को फोटो झुन्ड्याउन सुझाव दिएका छन्। 

बुधबार राति एक टेलिभिजन कार्यक्रममा बोल्दै संघीयताविरोधी मिश्रले गत आइतबार काठमाडौंमा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा प्रधानमन्त्री देउवाले सम्बोधनका क्रममा प्रचण्डको प्रशंसा गरेकोप्रति आक्रोश पोखेका  हुन्। 

सम्बोधनमा देउवाले प्रचण्डले नै देशमा गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता ल्याउने क्रान्तिका नायक भनेका थिए। यसैकारण मिश्रले देउवालाई पार्टी कार्यालयमा बीपीको होइन, प्रचण्डको फोटो राख्न भनेर कटाक्ष गरेका हुन्।  

‘किनभने कांग्रेस सभापति शेरबहादुर देउवाले नै वर्तमान परिवर्तनका नायक प्रचण्ड हुन् भनिसके,’ मिश्रले भनेका छन्। उनले आफ्नो यो अन्तर्वार्ता सामाजिक सञ्जालमा राखेका छन्। 

संघीयता खारेजी र धर्मनिरपेक्षतामा जनमत संग्रह गरिनुपर्ने राजनीतिक दस्तावेज ल्याएर आफ्नै पार्टी फुटाएका मिश्र नेपाल कम्युनिस्ट त्यसमा पनि खासगरी माओवादीप्रति बढी आक्रामक देखिन्छन्। 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved