सिभिल सहकारी ठगी : इच्छाराज र केशवलाल थुनामा, अरुलाई धरौटीमा छाड्न आदेश

  • प्रकाशित मितिः पुष १४, २०७८
  • 475 पटक पढिएको
  • समय अनलाइन

काठमाडाैं । साढे ५ अर्ब बढी ठगीको आरोपमा पक्राउ परेका पूर्वसांसद इच्छाराज तामाङ र सिभिल सहकारीका वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। 

काठमाडौं जिल्ला अदालतमा भएको थुनछेकको बहसपछि यस्तो आदेश भएको हो। करिब एक सातासम्म भएको बहस र प्रतिवादीसँग बयानपछि  अदालतले तामाङ र श्रेष्ठलाई थुनामा पठाउन आदेश दिएको हो। 

बहसपछि पक्राउ परेका १२ सहित ४२ जनालाई थुनामा पठाउने, साधारण तारेखमा छाड्ने वा धरौटीमा छाड्ने भन्ने निर्णय दिने क्रममा अदालतबाट यस्तो आदेश भएको हो। जस अनुसार इच्छाराज र केशव थुनामा जाँदा अन्यलाई धरौटी मागिएको छ। यो प्रकरणमा सञ्चालक समितिका सदस्य हरिहर प्रसाद लामिछानेलाई ५० लाख धरौटी मागिएको छ।

सिभिल होम्सका व्यवस्थापक विजयविक्रम शाहीलाई १५ लाख रुपैयाँ धरौटी मागिएको छ। अर्का अभियुक्त सिभिल सहकारीका जुनियर सहायक प्रबन्धक एलिना तुलाधरसँग ५ लाख रुपैयाँ धरौटी अदालतले मागेको छ। सिभिल सहकारीकै जुनियर प्रबन्धक सहायक प्रबन्धक मायोनानी महर्जनसँग पनि ५ लाख धरौटी मागिएको छ।

अदालतले सिभिल सहकारीका सहजकर्ता भगवान बहादुर सिंहसँग पनि १० लाख रुपैयाँ धरौटी माग गरेको छ। सिभिल सहकारीका जुनियर अधिकृत शंकरप्रसाद पाठकसँग २ लाख ५० हजार धरौटी अदालतले मागेको छ।

मुद्दाको थुनछेक बहसका क्रममा अदालतले सिभिल सहकारीका लेखा अधिकृत राकेश महर्जनसँग ५० हजार, सिभिल सहकारीकै जुनियर सहायक प्रबन्धक कौस्तुब केतन ढुङ्गानासँग अदालतले ५ लाख रुपैयाँ धरौटी मागेको छ। त्यसैगरी सिभिल सहकारीका कर्जा अधिकृत बुद्धराज तामाङसँग अदालतले ५ लाख धरौटी माग गरेको छ। 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सिभिल सहकारीका निक्षपकर्ताको रकम ठगी गरेको आरोपमा पूर्वसांसद तामाङसहित १२ जनालाई पक्राउ गरेको थियो। तामाङका श्रीमती र दुई छोरीलाई पनि प्रतिवादी बनाइएको थियो।

यो मुद्दामा ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ३ सय ९७ रुपैयाँ ८२ पैसा बिगो दाबी गरिएको थियो। उनीहरुविरुद्ध मुलुकी ऐन, मुलुकी संहिता, संगठित अपराध र कसुरजन्य सम्पत्ति रोक्का ऐनअन्तर्गत सजाय माग गर्दै सरकारी वकिल कार्यालयले मुद्दा दायर गरिएको थियो। 

उनीहरुविरुद्ध १ हजार ५ सय ३ जना पीडितले जाहेरी दिएका थिए। ठगीको आरोप लागेकामध्ये एक जनाको भने मृत्यु भइसकेको छ। सिभिल सहकारीको सञ्चालक समितिका सदस्य गोपाल बहादुर श्रेष्ठको दुई वर्ष पहिले नै मृत्यु भएको थियो। यस मुद्दामा १२ जना पक्राउ परेका छन् भने २९ जना अझै फरार रहेको अभियोजन–पत्रमा उल्लेख छ।

सिभिल सहकारीका पूर्वअध्यक्ष इच्छाराज तामाङ, वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठ, सञ्चालक समितिका सदस्य हरिहर प्रसाद लामिछाने, कर्जा अधिकृत बुद्धराज तामाङ, जुनियर सहायक प्रबन्धक कौस्तुव केतन ढुंगाना, जुनियर सहायक प्रबन्धक एलिना तुलाधर, जुनियर सहायक प्रबन्धक मायोनानी महर्जन, लेखा अधिकृत राकेश महर्जन, जुनियर अधिकृत शंकरप्रसाद पाठक, लेखा सहायक संगीत श्रेष्ठ, सिभिल होम्सका व्यवस्थापक विजयविक्रम शाही र सहजकर्ता भगवानबहादुर सिंहलाई प्रहरीले पक्राउ गरेको थियो। बाँकी २९ जना फरार छन्। 

फरार हुनेमा सञ्चालक समितिका सदस्यहरु सुमन नन्दन वैद्य, प्रविण मुखिया, अष्टरत्न तुलाधर, प्रविण प्रसाद प्रधान, पूर्वसदस्यहरु दानहिरा तुलाधर, रामकृष्ण पौडेल, खेमनाथ डल्लाकोटी, इन्द्रराज हुमागाईं, जयन्द्रलाल श्रेष्ठ, केशवकुमार अमात्य, दुर्गाप्रसाद संग्रौला र नगेन्द्र बिमली फरार छन्।

यस्तै लेखा समिति सदस्य सिर्जना शाक्य, लेखा समिति पूर्वसदस्य कृष्णप्रसाद श्रेष्ठ, रामराज मास्के, हरिप्रसाद रिसाल, सिभिल बिजनेस कम्प्लेक्सका सञ्चालक लालकाजी गुरुङ, उनकी श्रीमती मीना गुरुङ, सुमन श्रेष्ठ, नारायणलाल श्रेष्ठ, महाप्रबन्धक प्रकाश कुमार बर्मा, प्रबन्धक सुवास कुमार श्रेष्ठ र पूर्वउपमहाप्रबन्धक रन्जना महर्जन पनि फरार रहेको प्रहरीले जनाएको छ। 

जुनियर सहायक प्रबन्धक अनु लामिछाने भन्ने अन्नपूर्ण खनाल, अधिकृत कान्तीलक्ष्मी उपाध्याय र इच्छाराजका छोरीहरु प्रतीक्षा तामाङ र प्रतिष्ठा तामाङविरुद्ध पनि मुद्दा दायर भएको थियो। यी २९ जना अझै फरार रहेको सीआईबीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved