माओवादी केन्द्र महाधिवेसन : कार्यकर्ताले उठाए गम्भिर प्रश्न ,प्रचण्ड परे अफ्ठेराेमा , नेताहरूकाे सम्पति बिवरण माग

  • प्रकाशित मितिः पुष १४, २०७८
  • 575 पटक पढिएको
  • समय अनलाइन

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)बाट विभिन्न लाभको पदमा पुगेका नेताहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न माग भएको छ।पार्टीको तर्फबाट लाभको पदमा पुगेका सबैले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने माग उठेको हो। 

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि सुझाव दिँदै सो माग गरिएको प्रतिनिधि बुद्धि जिसीले जानकारी दिए। लुम्बिनी प्रदेश र बागमती प्रदेशबाट सो माग उठेको हो। 

यस्तै, सत्तामा गएकाहरुलाई तत्काल फिर्ता गर्न पनि माग गरिएको छ। कर्णाली प्रदेश अध्यक्ष बिमला केसीले आफ्नो समूहबाट आएका सुझाव उदृत गर्दै भनिन, ‘सत्तामा गएकाहरुले भ्रष्ट आचरण गरे फिर्ता बोलाउनुपर्छ।’

फेरि उठ्यो विशेष महाधिवेशनको कुरा 
भर्खरै महाधिवेशन गरिरहेको माओवादीमा विशेष महाधिवेशन गरेर भए पनि वैचारिक बहस गर्न माग गरेका छन्। ‘विशेष महाधिवेशन गरेर वैचारिक बहस गर्नुपर्छ’ नेता युवराज चौलागाईंले भने, ‘पार्टीमा दुई कार्यकाल भन्दा बढी बस्न नपाउने व्यवस्था विधानमै राख्न सुझाव आएको छ।’

पुस ११ गतेदेखि राजधानीको प्रज्ञा प्रतिष्ठानमा सुरु भएको माओवादी केन्द्रको आठौं महाधिवेशनमा  अध्यक्ष प्रचण्डले सोमबार ४५ पृष्ठ लामो प्रतिवेदन पेश गरेका थिए। सो प्रतिवेदन उपर २५ समूह बनाएर छलफल भएको हो। ११ समूहले बुधबारसम्म छलफलको निष्कर्ष पेश गरिसकेका छन् भने १४ समूहले बिहीबार प्रस्तुत गर्दै छन्। 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved