महाधिवेशनमा गिरिराजमणि पोखरेललाई ‘अपराधी’ भनिएकोबारे प्रचण्डले आज जवाफ दिने

  • प्रकाशित मितिः पुष १६, २०७८
  • 428 पटक पढिएको
  • समय अनलाइन

काठमाडाै ।  नेकपा माओवादी केन्द्रका स्थायी समितिका सदस्य गिरिराजमणि पोखरेललाई पार्टीको जारी आठौं महाधिवेशनका क्रममा ‘अपराधी’ भनिएको विषयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज शुक्रबार जवाफ दिने भएका छन्। 

बुधबार दिउँसो बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकमा भएको निर्णयबारे हललाई जानकारी दिँदै प्रवक्ता कृष्णबहादुर महराले सो जानकारी दिएका हुन्।

अध्यक्ष प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमा सुझाव दिने क्रममा बुधबार प्रदेश २ को समूहबाट पोखरेललाई अपराधी भनिएको बारे छानबिन गर्न माग भएपछि स्थायी समितिको आपतकालीन बैठक बसेको थियो।

प्रदेश २ को समूहबाट नेता सत्यनारायण भगतले प्रचण्डको प्रतिवेदनमा सुझाव दिने क्रममा आक्रोशित हुँदै गिरिराजमणिलाई अपराधीको संज्ञा दिएका थिए। 

आफ्नो प्रतिवेदनमा समूहगत छलफलमा उठेका ज्ञिज्ञासा एवं प्रश्नको जवाफ दिने क्रममा अध्यक्ष प्रचण्डले गिरिराजमणि पोखरेललाई अपराधी भनिएकोबारे पनि बोल्न भएका हुन्। 

प्रचण्डको प्रतिवेदनबारे छलफलका लागि २५ वटा समूह गठन गरिएको छ। तिनले आफ्नो निष्कर्ष पेस गरिसकेपछि प्रचण्डले जवाफ दिने भएका हुन्। 

काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको भवनमा यही पुस ११ देखि माओवादी केन्द्रको आठौं महाधिवशेन जारी छ, जसले नयाँ नेतृत्व चयन गर्नेछ। 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved