ओरेककाे कहालिलाग्दाे तथ्यांक : पाँच महिनामा ८४४ महिलामाथि हिंसा, १५२ जना बलात्कृत

  • प्रकाशित मितिः पुष १६, २०७८
  • 499 पटक पढिएको
  • समय अनलाइन

काठमाडाै । पछिल्लो पाँच महिनामा ८ सय ४४ जना महिला तथा बालिका हिंसामा परेका छन्।महिला पुनःस्थापना केन्द्र (ओरेक)ले संस्थामा आएका र मिडियामा आएका घटनाका आधारमा  यो तथ्य सार्वजनिक गरेको हो। यसमा सबैभन्दा बढी ५६ प्रतिशत घरेलु हिंसाका छन्।

यस अवधिमा ४७५ वटा घरेलु हिंसाका घटना भएको छ। पाँच महिनामा १ सय ५२ जनामाथि बलात्कार भएको छ। त्यसैगरी ७५ वटा सामाजिक हिंसा र ५३ हत्याको घटना भएका आरेकले जनाएको छ। यही अवधिमा ३७ यौन दुव्र्यवहार, सात अलपत्र अवस्थामा फेला परेको, सात साइबर अपराध र ११ बलात्कारको प्रयासका घटना भएका छन्।

घरेलु हिंसाका घटनामध्ये पनि २१६ घटनामा खान लाउन नदिइएको, १३७ शारीरिक हिंसा र १२२ मानसिक हिंसाका छन्। तथ्याङ्कको विश्लेषण गर्दा प्रभावित महिलामध्ये ३६५ श्रीमान्, ११९ परिवारका अरु सदस्य रहेकाले सबैभन्दा बढी महिला परिवारभित्रै असुरक्षित रहेको संस्थाले जनाएको छ।

प्रभावितहरूको उमेरका आधारमा हेर्दा सबैभन्दा बढी २०९ जना २६ देखि ३५ वर्षसम्म उमेर समूहका महिला प्रभावित भएको पाइएको छ । १७ वर्षदेखि २५ वर्षसम्ममा १४७ जना पीडित, ३६ वर्षदेखि ४५ वर्षसम्मको उमेर समूहमा ६९ जना प्रभावित पाइएको छ।

घरेलु हिंसामा आरोपितमध्ये सबैभन्दा बढी २६ वर्षदेखि ३५ वर्षसम्म उमेर समूह रहेको पाइएको छ । यो उमेर समूहका २०९, १७ देखि २५ वर्षसम्म उमेर समूहका १४७ तथा ३६ वर्षदेखि ४५ वर्षसम्म ६९ जना महिला पीडित भएका छन् । हिंसाका घटनामा आरोपितमध्ये सबैभन्दा २६ देखि ३५ वर्षसम्मको उमेर समूहका १५८ जना रहेका छन्।

महिलाहरू सबैभन्दा बढी घरभित्रै असुरक्षित रहेको तथ्याङ्कले देखाएको संस्थाले जनाएको छ । हिंसाका घटनामा पीडित र प्रभावित दुवै युवा छन् । यसले देश विकासमा बाधा पुगेको भन्दै हिंसा अन्त्यका लागि त्यसको कारणको खोजी गर्दै समाधानको उपायसहित अघि बढ्न भनिएको छ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved