मेयर उमेदवारको हत्या आशंकामा मेक्सिकोको एक सहर ओकाम्पोमा पूरै प्रहरी डिपार्टमेन्ट पक्राउ परेको छ ।
आगामी जुलाई १ मा हुने चुनावका उम्मेदवार ६४ वर्षिय फर्नाण्डो एञ्जेल्स जुआरेजको एक अज्ञात बन्दुकधारीले गोली हत्या गरेको थियो । यसअघि नै मेक्सिकोमा एक सयभन्दा बढी नेताहरुको हत्या भइसकेको छ ।
उनको हत्यापछि संघीय प्रहरीले आइतबार सहरका २७ प्रहरी अधिकारी र सार्वजनिक सुरक्षा स्थानीय सचिवलाई पक्राउ गरेको छ ।
एञ्जेल्सको हत्या आरोप ओकाम्पोका सुरक्षा सचिव ओस्कर गोन्जालेज गार्सियामाथि लागेको छ । शनिबार मेक्सिकोको संघीय प्रहरी उनलाईं गिरफ्तार गर्न जाँदा स्थानीय प्रहरी अधिकारीले रोकेका थिए । त्यस पछि आइतबार दलबलका साथ पुगेको संघीय प्रहरीले पूरै स्थानीय प्रहरीको डिपार्टमेन्टलाई नै गिरफ्तार गरेको छ ।