सांसद वाहेक अब माओवादीका कोही नेता काठमाडौमा बस्न नपाउने: प्रचण्डले भने, ‘म पनि गाउँ फर्कने हो’

  • प्रकाशित मितिः पुष १७, २०७८
  • 434 पटक पढिएको
  • समय अनलाइन

काठमाडौ । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन माथिको वहस सकिएको छ । २५ समुहले आफ्नो सुझाव दिएपछि प्रचण्डले त्यसको जवाफ दिइरहेका छन् । निर्धारित समय भन्दा लम्बिएको महाधिवेशनमा समुहवाट आएको प्रश्न र सुझावको जवाफ दिँदै अध्यक्ष प्रचण्डले नयाँ प्रस्ताव राखेका छन् ।

उनले पार्टीका केन्द्रीय सदस्यहरू काठमाडौंमा बस्न नपाउने प्रस्ताव अगाडि सारेका छन्। उनले नेताहरु अब गाउँ फर्केर आफ्नो क्षेत्रमा काम गर्नुपर्ने प्रस्ताव राखेका हुन् । संसदमा उपस्थित हुनुपर्ने सांसद वाहेक अन्य केन्द्रीय सदस्य अब काठमाडौ बस्न नपाइने उनको भनाई थियो । उनले आफु पनि गाउँ फर्कने बताएका छन् ।

‘अब केन्द्रीय सदस्यले काठमाडौं बस्न पाउने छैनन्, हामी सबै गाउँ जाने हो,’ प्रचण्डले भने। प्रचण्डको प्रस्ताव पारित भएमा प्रतिनिधि सभा सांसदबाहेक केन्द्रीय सदस्यहरू जिम्मेवारी लिएका क्षेत्र मै जानुपर्ने हुन सक्छ।

साथै प्रचण्डले तीनै तहका निर्वाचनपछि पार्टीले विशेष महाधिवेशन गर्न सक्ने पनि बताएका छन्। तीन तहका निर्वाचनपछि विशेष महाधिवेशनमा जाने हो। विचार र बहसलाई त्यहाँ पुगेर पूर्णता दिने हो। यो सुरूवात हो पूर्णता होइन,’ उनले भने।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved