माओवादीले ‘सप्ताह पुराण’ लगाए र कसैको मृत्युमा ‘रिप’ लेखे कारवाही !

  • प्रकाशित मितिः पुष १७, २०७८
  • 485 पटक पढिएको
  • समय अनलाइन

काठमाडौं । नेकपा माओवादीको महाधिवेशनमा अहिले राजनीतिक प्रतिवेदन माथिको छलफल सकिएको छ । प्रचण्डले आफ्नो राजनीतिक प्रस्ताव माथि उठेका प्रश्नको जवाफ दिइरहेका छन् । महाधिवेशनमा विविध विषयमा छलफल भएको छ । यसैबीच नेकपा माओवादी केन्द्रका सदस्यहरुले सप्ताह पुराण लगाउन र सामाजिक सञ्जालमा रिप (रेस्ट इन द पीस) लेख्न नपाउने भएका छन् ।

महाधिवेशनमा अनुशासन आयोगका अध्यक्ष टंक राईले आफ्नो भनाई राख्दै यस्तो बताएका हुन् । रिप शब्द क्रिश्चियनहरुले प्रयोग गर्ने शब्द भएकाले कम्युनिष्टहरुले प्रयोग गर्नु कारवाहीको विषय हुने उनको भनाई छ । साथै धर्मलाई अ फि म भन्ने माओवादीले सप्ताह पुराण लगाउनु पनि कारवाहीको विषय भएको उनको भनाई छ । नेता राइले भने, ‘कम्युनिस्ट पार्टीको सदस्यले सप्ताह पुराण लगाउनु हुँदैन ।’

सामान्यतया कसैको निधन भएमा सामाजिक सञ्जालमा प्रायले रिप लेख्ने चलन छ । जसको पुरा अर्थ (रेस्ट इन द पीस) हो । तर अब कसैको मृत्यु भएमा आरआईपी अर्थात रेस्ट इन द पीस वा स्वर्गबास होस् भनेर लेख्न नपाइने समेत उनले बताए । रेस्ट इन द पीस भनेको क्रिष्टियनहरुले लेख्ने भन्दै उनले भने, ‘कम्युनिस्टहरुले हार्दिक श्रद्धाञ्जली लेख्नुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved