बेमौसमी वर्षाको प्रभाव : गत वर्षभन्दा धान उत्पादन ५ लाख टन घट्यो

  • प्रकाशित मितिः पुष १७, २०७८
  • 645 पटक पढिएको
  • समय अनलाइन

काठमाडाैं । गएको कात्तिकमा आएको बेमौसमी वर्षाको कारण यस वर्ष नेपालमा धान उत्पादन घटेको छ। गत वर्षभन्दा यस वर्ष धान उत्पादन झण्डै ५ लाख मेट्रिक टनले घटेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। 

कात्तिक १ र २ गते परेको बेमौसमी वर्षाको कारण देशैभरी पाकेको धानमा ठूलो क्षति पुगेको थियो। जसको कारण यस वर्ष धान उत्पादन गत वर्षभन्दा ४ लाख ९१ हजार ८५ मेट्रिक टन घटेको मन्त्रालयका प्रवक्ता प्रकाश कुमार सन्जेलले जानकारी दिए।

बेमौसमी वर्षाले सबैभन्दा धेरै क्षतिसुदूरपश्चिम र लुम्बिनी प्रदेशमा पुगेको छ। सुदूरपश्चिममा धान उत्पादन ३१.४९ प्रतिशतले घटेको छ। 

मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७७ ७८ मा ५६ लाख २१ हजार ७ सय १० मेट्रिक टन धान उत्पादन भएको थियो। यस वर्ष उत्पादन घटेर ५१ लाख ३० हजार ६ सय २५ मेट्रिक टनमा झरेको छ।

त्यसैगरी लुम्बिनीमा १८.३८ प्रतिशत, कर्णालीमा ८.७६ प्रतिशत, प्रदेश २ मा ३.२४ प्रतिशत, प्रदेश १ मा शून्य दशमलव ९३ प्रतिशत र वाग्मती प्रदेशमा शून्य दशमलब ३५ प्रतिशतले धान उत्पादन घटेको मन्त्रालयले जनाएको छ।धान उत्पादन घट्दा यस वर्ष विदेशबाट चामलको आयात बढ्ने अवस्था सिर्जना भएको छ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved