देउवाको भारत भ्रमणअघि पत्नी आरजुको भाजपा विदेश विभाग प्रमुखसँग भेटवार्ता

  • प्रकाशित मितिः पुष १९, २०७८
  • 412 पटक पढिएको
  • समय अनलाइन

काठमाडौां । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणअघि पत्नी आरजु राणाले नयाँ दिल्लीमा सत्तारुढ भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेटेकी छन् ।

चौथाइवालेले आइतवार ट्वीट गर्दै आरजुसँग भेटेको तस्वीर सार्वजनिक गरेका छन् । ‘निजी भ्रमणमा दिल्लीमा रहेकी डा. आरजु राणा देउवासँग मेरो आज अत्यन्त सौहार्दपुणर् भेट भयो,’ चौथाइवालेले लेखेका छन् । प्रधानमन्त्री देउवाको भारत भ्रमणको एक साताअघि पत्नी आरजुले भारतीय सत्तारुढ दलसँग भेटेकी हुन् । भेटमा प्रधानमन्त्रीको भारत भ्रमणबारे समेत कुराकानी भएको अनुमान गरिएको छ ।

तर यसको स्वतन्त्र पुष्टि भएको छैन । देउवा पुस २५ गते भारत भ्रमणमा जाने तयारी भइरहेको छ। नेपाल सरकार भ्रमणको एजेन्डा तय गर्न जुटिरहेका बेला प्रधानमन्त्री पत्नी भारतीय जनता पार्टीका नेतालाई भेटेकी छिन् ।

आरजु र चौथाइवालेबीच ब्यक्तिगत सम्बन्ध सुमधुर रहँदै आएको बताइन्छ । चौथाइवाले गत अगस्ट तेश्रो साता नेपाल आएका बेला आरजुलाई रक्षाबन्धन बाँधिदिएको बिषयले निकै चर्चा पाएको थियो । आरजु एक साताअघि नयाँ दिल्ली पुगेकी थिइन् । प्रधानमन्त्री पत्नी आरजु देउवाको भ्रमणकै तयारीको क्रममा दिल्ली पुगेको चर्चा भएपनि बालुवाटार स्रोतले भने उनी भाइको स्वास्थ्य उपचारका लागि गएको दाबी गरेको थियो ।

आरजुका भाइको गत सोमबार दिल्लीस्थित एक अस्पतालमा शल्यक्रिया भएको थियो । भारतीय राज्य गुजरातको गान्धीनगरमा आयोजना हुन लागको दशौँ ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ मा सहभागी हुन प्रधानमन्त्री देउवा भारत जाने कार्यक्रम बनेको छ । ओमिक्रोनको संक्रमण बढे भ्रमणबारे पुर्नविचार हुनसक्ने परराष्ट्र अधिकारीले बताए । तर भ्रमणको गृहकार्य भने भइरहेको छ ।

गुजरात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहनगर हो । गुजरात राज्य सरकारले आयोजना गर्ने उक्त ग्लोबल समिट मोदीले उद्घाटन गर्नेछन् । पुस २६ देखि २८ सम्म आयोजना हुन लागेको उक्त समिटमा श्रीलंका लगायत विश्वका विभिन्न मुलुकलाई साझेदार मुलुकका रुपमा आमन्त्रण गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मोदी गुजरातको मुख्यमन्त्री हुँदा सन् २००३ मा उक्त समिटको अवधारणा अघि सारिएको थियो। हरेक दुई वर्षमा यो समिट हुँदै आएको छ । यसपाली समिटको नारा ‘आत्मनिर्भर गुजरातदेखि आत्मनिर्भर भारत’ दिइएको छ ।

समिटमा विश्वका आर्थिक क्षेत्रका प्रभावशाली व्यक्ति, लगानीकर्ता र राजनीतिक व्यक्तित्व गरी १३५ देशका ४० हजार पाहुना सहभागी हुनेछन् । देउवा प्रधानमन्त्री भएयता पहिलो पटक भारत भ्रमणमा जान लागेका हुन् । पछिल्लो पटक प्रधानमन्त्री बनेयता देउवा पहिलो विदेश भ्रमणमा बेलायतको स्कटल्याण्ड गएका थिए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved