एकीकृत समाजवादीका पोलिटव्यूरो सदस्य यदुवंश झा एमालेमै फर्किए

  • प्रकाशित मितिः पुष १९, २०७८
  • 456 पटक पढिएको
  • समय अनलाइन

काठमाडाैं । पूर्वमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका पोलिटव्यूरो सदस्य यदुवंश झाले नेकपा एमालेमै फर्किएका छन्।प्रदेश २ मा प्रभावशाली नेताका रुपमा परिचित माधव नेपाल नेतृत्वको नेकपा समाजवादी छाडेर आइतबारदेखि एमालेमै फर्किएका हुन्।

आइतवार साँझ बालकोटमा उलाई स्थायी कमिटी सदस्य प्रभु साह र केन्द्रीय सदस्य सन्जिव कुमार झाको रोहवरमा एध्यक्ष केपी शर्मा ओलीले खादा लगाएर पार्टीमा प्रवेश गराए।झा नेकपाकालमा पनि नेकपा केन्द्रीय सदस्य थिए। तर उनी माधव नेपालसँगको व्यक्तिगत सम्बन्धका कारण समाजवादीतिर लागेका थिए।   

यसअघि पनि झाले एमाले छाडेका थिए। २०७० सालमा तत्कालीन माले समाजवादीका सह–अध्यक्ष एवम् पूर्वमन्त्री झालाई एमाले वरिष्ठ नेता माधव कुमार नेपालले पार्टीमा स्वागत गरेका थिए।

झा पहिले पनि एमालेका पोलिटब्यूरो सदस्य रहिसकेका व्यक्ति हुन् । २०६० मा एमाले परित्याग गरी मालेमा पुगेका झा २०६९ मा डा. बाबुराम भट्टराईको नेतृत्वमा सरकार गठन हुँदा माले फोडेर माले समाजवादी गठन गर्दै वन मन्त्री बनेका थिए ।

एमालेका नेताहरुले त्यसबेला नै धनुषाका रामचन्द्र झाले पार्टी छाडेर माओवादीमा गए पनि उनको विकल्पका रुपमा यदुवंश झा आएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved