नुवाकोट बन्यो कोरोनाभाइरसमुक्त जिल्ला

  • प्रकाशित मितिः पुस १९, २०७८
  • 654 पटक पढिएको
  • समय अनलाइन

नुवाकोट / नुवाकोट कोरोना भाइरसको सक्रिय संक्रमितमुक्त जिल्ला भएको छ ।पुस १४ गतेदेखि नुवाकोट सक्रिय संक्रमित मुक्त जिल्ला बनेको हो ।

मंगलबारसम्म २ जना सक्रिय संक्रमित रहेकोमा बुधबार उनीहरू संक्रमण मुक्त भएसँगै नुवाकोटमा संक्रमण मुक्त जिल्ला बनेको स्वास्थ्य कार्यालय नुवाकोट सूचना अधिकारी उत्तम खनालले जानकारी दिए ।

पछिल्लो दुई सातादेखि नुवाकोटमा सक्रिय संक्रमितको संख्या १० बाट ओरालो लागेको थियो । गत वर्षको चैत तेस्रोसाताबाट दोस्रो लहरको संक्रमित फेला पर्न थालेपछिबाट पहिलो पटक जिल्लामा कोरोनाको संक्रिय संक्रमित मुक्त जिल्ला बनेको हो ।

भारतमा तेस्रो लहरको जोखिम बढीरहेको बेलामा नुवाकोट सक्रिय संक्रमित मुक्त जिल्ला बनेको छ । कोरोनाको नयाँ भेरियन्ट अमिक्रोनको जोखिम नेपालमा पनि बढीरहेको छ । जिल्लामा कोरोनामा नयाँ संक्रमणलाई रोक्नको लागि सरोकारवालाहरूले बेलैमा ध्यान दिन आवश्यक छ । संक्रमित शुन्य भो भनेर कानमा तेल हालेर बस्न भने नहुने देखिन्छ ।

कोरोना भाइरसको पहिलो चरणमा १ हजार १ सय ४५ जना र दोश्रो चरणमा ७ हजार २ सय ४७ गरी ८ हजार ३ सय ९० जना कोरोना भाइरसबाट संक्रमित भएका थिए । त्यस मध्ये पहिलो चरणमा १ जनाको र दोश्रो चरणमा ५१ जनाको मृत्यु भएको स्वास्थ्य कार्यलय नुवाकोटको तथ्यांकमा उल्लेख गरिएको छ ।

हाल सम्म नुवाकोटका १८ हजार ६ सय २५ जना पुरुष र १० हजार २ सय १ जना गरी २८ हजार ८ सय २६ जनाको नमुना परिक्षण गरिएको छ । नमुना परिक्षण गरिएको मध्ये ५ हजार ११ जना पुरुष र ३ हजार ३ सय ७९ जना महिला गरी ८ हजार ३ सय ९० जनामा संक्रमण देखिएको थियो । त्यसम मध्ये ८ हजार ३ सय ३८ जना संक्रमण मुक्त र ५२ जनाको मृत्यु भएको स्वास्थ्य कार्यलय नुवाकोटको तथ्यांकमा उल्लेख गरिएको छ ।

नुवाकोट कोरोना भाइरस संक्रमण मुक्त जिल्ला भएता पनि जोखिम कायम नै रहेकोले अनिवार्य रूपमा जनस्वास्थ्यको मापदण्ड अपनाउन स्वास्थ्य कार्यालय नुवाकोटले अनुरोध गरेको छ । साथै कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि खोप अभियान समेत चलिरहेकोले लक्षित वर्ग सबैलाई खोप अभियानमा सहभागी हुन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved