नेपालमा राजसंस्था र हिन्दु राष्ट्र पूनःस्थापनाका लागि निवार्चन र सडक एकैसाथ अघि बढछ : अध्यक्ष लिंग्देन

  • प्रकाशित मितिः पुष १९, २०७८
  • 455 पटक पढिएको
  • समय अनलाइन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले पृथ्वीजयन्तीका दिन राष्ट्रिय एकता दिवस मनाए स्वागत गर्ने नत्र सरकारविरुद्ध विरोध शुरू गर्ने बताएका छन् ।

‘पुस २७ गते पृथ्वीजयन्तीलाई राष्ट्रिय एकता दिवसको रूपमा मनाइयोस् भन्ने हाम्रो माग छ । सरकारले सोहीअनुरूप निर्णय गरे, पुस २७ गतेका दिन हामी खुशीयाली मनाउँछौं । सरकारले त्यसो गरेन भने त्यही दिनदेखि सरकारको विरुद्धमा हाम्रो कार्यक्रम शुरू गर्छौं,’ राप्रपा अध्यक्ष लिङ्देनले भने ।

लिङदेनले राजसंस्था र हिन्दुराष्ट्र पूनःस्थापनाका लागि निर्वाचन र सडकको दुवै विकल्प एकसाथ सञ्चालन गर्ने पनि बताएका छन् । ‘जुन बाटोबाट हाम्रो मान्यता चाँडो स्थापित हुन्छ सोही विकल्प हामी अघि सार्छौं,’ उनले भने ।

‘यस सन्दर्भमा समान विचारधारा भएका हामीहरू एक ठाउँ उभिन जरुरी भएको छ,’ राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित एक समारोहलाई सम्बोधन गर्ने क्रममा हिजो आइतबार उनले भने, ‘पर्ख र हेरौं भन्ने हामीसँग समय छैन, हामीलाई त्यो छूट छैन ।’

लिङदेनले भने, ‘हामीले उठाइराखेको राजसंस्था र हिन्दुराष्ट्रको मुद्दा कसै व्यक्तिलाई मन्त्री, प्रधानमन्त्री बनाउने नभएर देशको स्थायित्वको लागि हो । हामी सबैभन्दा माथि देश छ, देशभन्दा माथि केही पनि छैन ।’

सो अवसरमा शाही शक्ति नेपालका अध्यक्ष मुनिन्द्र राजभण्डारीले भने, ‘राजसंस्था र हिन्दुराष्ट्रको अभियान रानो बिनाको मौरी जस्तै थियो । तर, राप्रपाको महाधिवेशनपछि हामीले स्पष्ट नेतृत्व पाएका छौं । राप्रपाप्रति शाही शक्ति नेपालको पूर्ण साथ, सहयोग र समर्थन रहने छ ।’

राप्रपाका नेता सगुन सुन्दर लावतीले समान विचारधारा भएका समूह र शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिए । यसै मान्यताअनुरूप, पृथ्वीजयन्तीका दिन पार्टीले समान विचारधारा भएका समूह र शक्तिहरूसँग सहकार्य गर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved