पीसीआर परीक्षण नहुँदा ज्ञानेन्द्र मल्लसहित ९ खेलाडी बन्द प्रशिक्षणमा अनुपस्थित

  • प्रकाशित मितिः पुष १९, २०७८
  • 666 पटक पढिएको
  • समय अनलाइन

काठमाडाैं ।नेपाल क्रिकेट संघ (क्यान) र कारबाहीमा परेका खेलाडीहरूबीच सहमति भएसँगै बन्द प्रशिक्षणका लागि खेलाडीहरू साेमबार बिहान त्रिवि क्रिकेट मैदान पुगेका छन्। 

सबै खेलाडी सहभागी हुने सहमति भए पनि पीसीआर परीक्षण बाँकी रहेकाले पूर्वकप्तान ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, कमलसिंह ऐरीलगायत ९ खेलाडी भने आज उपस्थित भएका छैनन्। 

आज (सोमबार) कोरोना परीक्षण गर्ने र रिपाेर्ट नेगेटिभ आए भोलि मंगलबादेखि उनीहरू पनि सहभागी हुने नेपाल क्रिकेट संघ (क्यान)​ ले जनाएको छ।क्यान र कारबाहीमा परेका खेलाडीहरूबीच हिजाे सहमति भएपछि सबै खेलाडी सोमबार सुरु हुने बन्द प्रशिक्षणमा सहभागी हुन तयार भएका हुन्। 

आयोजकका अनुसार आज पहिलो दिन फिटनेस ट्रेनिङ हुनेछ।सहमतिअनुसार पूर्वकप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीविरुद्ध सेन्ट्रल कन्ट्रयाक्टमा लगाइएको ६ महिने प्रतिबन्ध पनि फुकुवा भएको छ। 

यसअघि क्यानले अनुशासन उलंघन गरेको आरोपमा तत्कालीन कप्तान ज्ञानेन्द्र मल्लसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीविरुद्ध कारबाही गरेको थियो।

अनुशासन उल्लंघन गरेको पाइएको भन्दै क्यानको बोर्ड बैठकले ज्ञानेन्द्र र दीपेन्द्रलाई कप्तान र उपकप्तान पदबाट हटाएको थियो। उनीहरूसँगै सोमपाल र कमललाई ६ महिनाको केन्द्रीय सम्झौतामा नराख्ने निर्णय गरेको थियो। 

यो विवाद बढ्दै जाँदा यही वर्ष (सन् २०२२) मा अस्ट्रलियामा हुने टी–२० विश्वकपका लागि आगामी महिना (फेब्रुअरी) ओमानमा हुने ग्लोबल छनोटको बन्द प्रशिक्षणका लागि बोलाइएकामध्ये १३ खेलाडीले रिपोर्टिङ गरेका थिएनन्।

बन्द प्रशिक्षणमा बोलाइएकामध्ये आधा खेलाडी सम्पर्कमा नआएपछि यो प्रकरण मिलाउन क्यानलाई दबाब परेको थियो। यहीबीच आइतबार दुई पक्षबीच सहमति भएको हो। याेसँगै बन्द प्रशिक्षण पनि अघि बढेकाे हाे। 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved