सुनसरी को इटहरी मा न्यानो कपडा वितरण कार्यक्रम इटहरीशीतलहरका कारण सुनसरीका गरिव तथा विपन्न परिवारहरु पीडित रहेको खबरहरु प्राप्त भए बमोजिम यस संस्थाको कार्यक्षेत्र अन्तर्गतको इटहरी १३ खनारका ९१ मुसहर तथा विपन्न परिवारहरु लाई आज आयोजित कार्यक्रममा न्यानो सिरक वितरण गरियो । त्यसै गरी दुर्घटनामा परि अशक्त हुनु भएका सोही वार्डका नागेस्वर सरदारलाई फाउन्डेसनको तर्फ बाट एक थाना व्हिल चेयर प्रदान गरिएको थियो । पक्षघात द्वारा पीडित सुक्रु सरदार लाई औषधी उपचारका लागि नगद सहयोग उपलब्ध गराइएको थियो । कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष रोहित प्रसाद प्रसाइले गर्नुभएको थियो । वहाँले संस्थाको उधेश्यमाथी प्रकाश पार्दै गरीब तथा विपन्न बर्गलाई मध्यनजर गर्दै संस्थाले शिक्षा, स्वास्थ्य, रोजगारी तथा वातावरणका क्षेत्रमा नेपाल सरकारका निकायहरु तथा स्थानीय समुदायहरु सँगको सहकार्यमा कार्यक्रम गर्दै जाने जानकारी गराउनु भयो । संस्थाले शितलहर को आपतकालिन अवस्था लाई मध्यनजर गर्दै न्यानो कपडा वितरण कार्यक्रमको आयोजना गरेको वहाँले प्रष्ट पार्नुभयो । कार्यक्रम लाई स्थानीय सामाजिक व्यक्तित्व चन्देश्वर सरदारले पनि सम्बोधन गर्नु भएको थियो । वितरण कार्यक्रममा वार्ड न. १३ का वार्ड सदस्य श्री मोहम्मद अयुबको आतिथ्यता पनि रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved