हिउँमा फसेका बाबु–छोरा छ दिन पछि घर फर्किए ...

  • प्रकाशित मितिः पुष २०, २०७८
  • 480 पटक पढिएको
  • समय अनलाइन

ताप्लेजुङ। ताप्लेजुङमा छ दिनअघि हिउँमा फसेका बाबु–छोरा आफैँ घर फर्किएका छन् । मिक्वाखोला गाउँपालिका–५, पापुङको लोदेनका ५५ वर्षीय लाक्पाटाँसी र उनका १४ वर्षीय छोरा पासाङ शेर्पा सोमबार घर फर्किएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए ।

उनीहरू गत बुधबारदेखि हिउँमा फसेका थिए । उनीहरू हिउँमा फसेको सूचना शुक्रबार पाएपछि शनिबार र आइतबार उद्धार प्रयास भएको थियोे । अल्टिच्युट एयरको हेलिकप्टर उद्धारका लागि उनीहरू फसेको क्षेत्रमा पटकपटक पुगेपनि ठाउँ पहिचान गर्न नसकेपछि उद्धार हुन सकेको थिएन । 

हिउँ पर्न रोकिएको र जमेको हिउँ पनि बिस्तारै बग्दै गएपछि बाबु–छोरा आफैँ गाउँ फर्किका हुन् । चौँरी गोठ सार्ने क्रममा उनीहरूलाई हिउँले बगाएको थियोे । संयोगले ओडारमा अल्झिएर उनीहरूको ज्यान बचेको थियो ।

हिउँमा फसेर गाउँ फर्किएका  बाबु–छोराको स्वास्थ्य अवस्था सामान्य रहेको प्रजिअ पाण्डेले बताए । समुद्र सतहदेखि चार हजार मिटर उचाईमा रहेको ठाउँमा उनीहरू हिउँमा फसेका थिए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved