मलेसिया नेपालको प्रस्ताव अनुसार श्रम सम्झौता गर्न इच्छुक देखिएको अधिकारीहरूले जानकारी दिएका छन् । कामदारसँग अवैध रुपमा शुल्क उठाउने विषयमा विवाद हुँदा मलेसियामा कामदार पठाउने काम रोकिएको छ ।
मलेसियामा कामदार पठाउन रोकिएसँगै रेमिट्यान्स लगायतका क्षेत्रमा असर पर्न थालेको छ । भिसा शुल्क र स्वास्थ्य परीक्षण गर्ने नाममा अवैध रुपमा अतिरिक्त शुल्क उठाउने संस्थाविरुद्ध कारबाही थालिएपछि अपेक्षित परिणाम ल्याउन थालेको जनाइएको छ ।
श्रम तथा रोजगार मन्त्रालयका सचिव महेश दाहालले श्रम सम्झौता गर्न मलेसिया सरकार इच्छुक रहेको कुरा अनौपचारिक रुपमा बताएको जानकारी दिएका छन् ।