तराईका जिल्लामा चिसो बढ्यो, पहाडमा मौसम खुल्दै

  • प्रकाशित मितिः पुस २०, २०७८
  • 676 पटक पढिएको
  • समय अनलाइन

इटहरी ।  झापालगायत तराईका जिल्लामा चिसो ह्वात्तै बढेको छ । आइतबारदेखि बढेको चिसो मङ्गलबारसम्म आइपुग्दा पनि उस्तै रहेपछि जनजीवन प्रभावित भएको छ । 

तराईका अधिकतर जिल्लामा अहिले शीतलहरको असर परिरहेको छ । बिहानैदेखि हुस्सु लागेको छ । बिहान ७ बजिसक्दा पनि सय मिटर परसम्म देख्न कठिन भएको स्थानीयले बताएका छन् । 

बिहान सञ्चालन हुने शिक्षण संस्था सञ्चालनमा समस्या भएको छ । सडकमा सवारी साधन गुड्न निकै समस्या परिरहेको छ । मौसम प्रतिकूलताकै कारण हिजोदेखि सवारीका साधन कम सङ्ख्यमा गुडेका छन् । सडक स्पष्ट नदेखिँदा सवारीका साधन दुर्घटनाको जोखिम बढेको छ । 

बालबालिका र ज्येष्ठ नागरिक चिसोको मारमा परेका छन् । चिसोले  मानव स्वास्थ्यमा समस्या थपिने सम्भावना बढेको छ।इलामसहित पहाडी जिल्लामा भने दुई दिनयता मौसम खुलेको छ । बिहानदेखि साँझसम्म घाम लागेको छ भने राति चिसो बढ्दै छ । 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved