सिके राउतकाे दाउ- मुठभेड निम्त्याएर मधेसमा राजनीति चम्काउने

  • प्रकाशित मितिः पुष २०, २०७८
  • 423 पटक पढिएको
  • समय अनलाइन

जनकपुरधाम । सोमबार पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया खण्डमा ट्रकमा आगजनी गरिएको छ। सिके राउतले आह्वान गरेको चक्काजाम गर्ने क्रममा मिर्चैया नगरपालिका–६ बतहा पुलनजिक उखु बोकेको ना ४ ख १००९ नम्बरको ट्रकमा चार/पाँचजनाको समूहले आगजनी गरेको हो।

आगजनीबाट ट्रकअगाडिको भाग जलेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद ओलीले जानकारी दिए। आगजनीमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ।

गत शुक्रबार पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–५ महुली पुलमा गिट्टी बोकेर पूर्वतर्फ जाँदै गरेको ना ६ ख ७६२९ नम्बरको ट्रकमा आगजनी गरिएको थियो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले ट्रकमा आगजनी गर्ने समूहको खोजी भइरहेको बताएका छन्।

आइतबार बिहानैदेखि पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिकाको पोर्ताहामा सडक अवरुद्ध गरी बसेका जनमत पार्टीका कार्यकर्ता हटाउन खोज्दा झडप भयो। प्रहरीले १६ राउण्ड अश्रु ग्यास र ११ राउण्ड रबरको गोली चलाएर अवरुद्ध सडक खुलायो। याे खबर नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved