राष्ट्रपतिको बगैंचामा पालिएको हरिणको आक्रमणबाट सेना जवानको मृत्यु

  • प्रकाशित मितिः पुष २२, २०७८
  • 417 पटक पढिएको
  • समय अनलाइन

काठमाडौं । दक्षिण अमेरिकी मुलुक पाराग्वेमा राष्ट्रपति निवासभित्र रहेको बगैँचामा हरिणको आक्रमणबाट एक सेनाको मृत्यु भएको छ । ४२ वर्षीय सेर्जेन्ट भिक्टोर आइज्यासीको हरिणको आक्रमणबाट मृत्यु भएको हो ।

राजधानी असुनसियन नजिकै रहेको राष्ट्रपति निवासमा रहेको सो हरिण भारतले उपहारस्वरुप पाराग्वेलाई दिएको थियो । उपहारस्वरुप राष्ट्रपति निवासमा राखिएको सो हरिणको आक्रमणबाट आफ्ना सेनाको मृत्यु भएको पाराग्वेको सेनाले जानकारी दिएको छ ।

राष्ट्रपति निवासको सीसीटीभी फुटेजमा देखिएअनुसार आक्रमणमा पर्नुअघि ती सेना हरिण नजिक गएका थिए। लगत्तै उनीमाथि हरिणले आफ्नो सिङले आक्रमण गरेको थियो । आक्रमणपछि गम्भीर घाइते बनेका भिक्टोरलाई उपचारका लागि सैनिक अस्पताल पुर्‍याइएको थियो । उपचार हुनुअघि नै उनलाई अस्पतालले मृत घोषणा गरेको थियो ।

जंगली हरिणहरु सो बगैँचामा छोडिएकाले र आफूमाथि आक्रमण हुनसक्ने डरले हरिणले उनीमाथि आक्रमण गरेको हुनसक्ने सेनाका प्रवक्ता कोलोनियल भिक्टोर युर्दापिलेटाले बताएका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved