आगामी निर्वाचनमा उपमेयर महिलालाई मेयरमा टिकट दिनुपर्ने माग

  • प्रकाशित मितिः पुष २२, २०७८
  • 431 पटक पढिएको
  • समय अनलाइन

विराटनगर । नेपाल दलित संघका केन्द्रिय अध्यक्ष मिनबहादुर विश्वकर्माले स्थानीय तहको आगामी निर्वाचनमा पहिले निर्वाचित भएका महिलाहरूलाई नै नेतृत्व विकास गर्न राजनीतिक दलहरुले अवसर प्रदान गर्नुपर्नेमा जोड दिएका छन् ।

विराटनगरमा लैंगिक समानता र स्थानीय तहमा महिला जनप्रतिनिधिहरुको भूमिका र अधिकारबारे बोल्दै पूर्वमन्त्री तथा संबिधानका मस्यौदार समेत रहेका दलित संघका अध्यक्ष विश्वकर्माले पहिलो पटक निर्वाचित भएका महिलाहरुलाई पुनः अवसर दिएमात्र उनीहरुको नेतृत्व दिगो रूपमा विकास हुनसक्ने बताए ।

विश्वकर्माले आगामी निर्वाचनमा भागवण्डा र अवसरको बहानामा नयाँलाई मात्र अवसर दिएर पुरानालाई पाखा लगाए महिलाको नेतृत्व विकास पनि नहुने र लैङ्गिक समानता पनि आउन नसक्ने बताए । उनले दलहरुले टिकट दिँदा सदस्य रहेका महिलालाई वडा अध्यक्षमा र उपमेयर रहेका महिलालाई मेयर बनाउनु पर्नेमा जोड दिए ।

नेकपा एमाले प्रदेश १ का अध्यक्ष तथा प्रदेश सांसद तुलसी न्यौपानेले दिगो विकासको लक्ष्य हासिल गर्नका लागि समाजमा लैङ्गिक असमानता अन्त्य गराउन जरुरी भएको र त्यो महिलाहरु नेतृत्व तहमा पुगेपछि मात्र सम्भव हुने बताए । उनले आगामी निर्वाचनमा पुरानालाई माथि लगेर तल नयाँलाई महिलालाई अवसर दिनुपर्नेमा जोड दिए । बेलवारी नगरपालिका प्रमुख ज्ञानेन्द्र सुबेदीले महिलाको नेतृत्व विकास गर्दै समाजमा लैङ्गिक समानता ल्याउन राजनीतिक दलहरुले टिकट वितरण गर्दा विभेदकारी बन्न नहुनेमा जोड दिए ।

सुशासन विज्ञ डा संग्रामसिँह लामाले महिलाहरुको नेतृत्व निर्णायक तहसम्म नपुगेसम्म लैङ्गिक समानता नारामा मात्र सीमित हुने भएकोले आगामी निर्वाचनमा महिलाहरुलाई निर्णायक तहमा लान दलहरु जिम्मेवार हुनुपर्ने बताए ।

ग्रामथान गाउँपालिका उपप्रमुख फुलकुमारी चौधरीले पहिलो पटक निर्वाचित भएका जनप्रतिनिधिमा पहिले भन्दा धेरै सचेतना आइसकेकोले आगामी निर्वाचनमा अवसर पाए अझै प्रभावकारी ढंगले काम गर्न सक्ने बताइन् । उनले कानुन नै बनाएर महिलाहरुलाई प्रत्येक पालिका दुई वटा वडामा अध्यक्ष बनाउनुपर्नेमा जोड दिइन । स्विस विकास सहयोग परियोजना अधिकृत श्रद्धा रायमाझीले निर्वाचित महिलाहरुलाई निर्णायक तहमा पुर्याउन दलित महिला केन्द्र नेपालसँग मिलेर नेतृत्व विकास कार्यक्रमहरु संञ्चालन गरिरहेको जानकारी गराइन ।

दलित महिला केन्द्र नेपालका कार्यकारी निर्देशक तेजेन्द्र लामाका अनुसार निर्वाचित महिलाहरुको सशक्तीकरणका लागि सि लिडर्स कार्यक्रम देशका ३५ जिल्लामा सञ्चालन गरिरहेको जानकारी दिए । उनका अनुसार सि लिडर्स कार्यक्रम अन्र्तगत १० वटा परियोजना सञ्चालन भइरहेका छन् । जसमा दुई वर्षदेखि १२ सय बढी वडा सदस्य महिला आवद्ध भएर चरणबद्ध रूपमा नेतृत्व विकास प्रशिक्षणमा सहभागी भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved