एमाले सुनसरी अध्यक्षका लागि द्वारिकलाल सहितयी हुन् तीन आकांक्षी

  • प्रकाशित मितिः पुष २३, २०७८
  • 412 पटक पढिएको
  • समय अनलाइन

सुनसरी / नेकपा एमालेले पुस २३ गते शुक्रबार देशभर एकैसाथ जिल्ला अधिवेशन गर्दैछ । एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट एकैसाथ उद्घाटन गर्ने जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ नेतृत्व चयनसहितको जिल्ला अधिवेशन भएका कारण एमालेका नेता कार्यकर्तामा यतिखेर चुनावी सरगर्मी निकै बढेको छ ।

सुनसरी एमालेमा पनि अधिवेशनबाट नेतृत्व लिन नेताहरूले सक्रियता बढाएका छन् । नेताहरूले सर्वसम्मत नेतृत्व चयनको गृहकार्य अघि बढाइरहँदा जिल्ला अध्यक्षका लागि भने तीन नेताहरूले आकाङ्क्षा राखेका छन् । अहिले देखिएका अनुहार भने कुनै नयाँ होनन् । जो यस अघि जिल्लाको पदाधिकारीमा बसेर काम सकेका छन् ।

अध्यक्षमा दाबी गर्ने मध्ये पूर्व संविधान सभा सदस्य रेवती रमण भण्डारी हुन् । उनी यस अघि तत्कालीन नेकपा हुँदा केपी ओली पक्षले पार्टीको जिल्ला अध्यक्ष तोकेको थियो । नेकपा विभाजित भएर एमाले बनेसँगै उनलाई १० बुँदेको वकालत गर्दै आएका जिल्लाका नेताले नेतृत्व मान्न तयार नभएपछि भण्डारीले अध्यक्ष छोडेका थिए । उनी इटहरीमा रहेको जनता बहुमुखी क्याम्पसका व्यवस्थापन समिति अध्यक्ष समेत हुन् ।

त्यस्तै अर्का अध्यक्षका आकाङ्क्षी हुन् । हाल जिल्ला अध्यक्ष खेमराज पोखरेल । यस अघि जिल्ला उपाध्यक्षमा बसेर काम गरिसकेका पोखरेल अध्यक्ष दोहोर्‍याउने दाउमा छन् । पोखरेल पार्टी प्रदेश कमिटी सदस्य तथा तत्कालीन केपी ओली सरकारले बनाएको सुकुम्वासी आयोग जिल्ला अध्यक्षसमेत थिए । नेकपा विभाजित भएपछि उनले जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालेका हुन् ।

केपी ओली पक्षले भण्डारीलाई अध्यक्ष बनाए पनि फरक मत राख्नेले पोखरेल अध्यक्ष हुनु पर्ने माग गरेका थिए । जिल्लामा देखिएको पार्टी भित्रको द्वन्द्वलाई निरुत्साहित पार्न दुवै पक्षका नेता तथा कार्यकर्ताले पोखरेललाई अध्यक्ष मानेका हुन् ।

त्यस्तै अध्यक्षका अर्का आकांक्षी हुन्, इटहरीका मेयर द्वारिकलाल चौधरी । पार्टीको छैटौँ जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्ष बनेका चौधरी स्थानीय तहको चुनाव अघि जिल्ला अध्यक्ष हुन् । उनी प्रदेश कमिटी सदस्य समेत छन् । विवादित रूपमा चर्चामा आइरहने मेयर चौधरीले जनप्रतिनिधिको रुपमा आफ्नो कार्यकाल सकिन लागेको भन्दै पार्टीमा रहेर सक्रिय राजनीति गर्ने चाहेको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved