प्रदेश सरकार सुनकोसी कोरिडोर निर्माणका लागि प्रतिबद्ध छ : मन्त्री कार्की

  • प्रकाशित मितिः पुष २३, २०७८
  • 502 पटक पढिएको
  • समय अनलाइन

उदयपुर / उदयपुरको भाग्य र भविष्यसँग जोडिएको सुनकोसी कोरिडोर (घुर्मी–चतरा सडक) निर्माण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको प्रदेश नम्बर १ का भौतिक पूर्वाधार विकास मन्त्री हिमाल कार्कीले बताएका छन् । उदयपुरको ताप्ली गाउँपालिका–५ कुमलटारस्थित यारी खोलामा प्रदेश सरकारद्वारा निर्माण गरिएको मोटरेवल पुलको उद्घाटन गर्दै मन्त्री कार्कीले यस्तो बताएका हुन । कार्कीले यस क्षेत्रका समस्याहरूको बारेमा राम्रोसँग बुझेकाले सुनकोसी कोरिडोरलाई नयाँ ढंगबाट अगाडी बढाउन प्रदेश सरकारले संघीय सरकारसँग समन्वय गर्ने तयारी थालेको बताए । सुनकोसी कोरिडोर यस क्षेत्रको समृद्धिको मूल आधार हुने भएकाले यसलाई अगाडी बढाउन प्रदेश सरकारले संघीय सरकारसँग समन्वय गरी राखेको जानकारी दिए ।

मन्त्रालयका सचिव लगायत इन्जिनियरहरूको टोली लिएर पुल उद्घाटन गर्न पुगेका कार्कीले भने, ‘उदयपुरको भूगोल सुगम नरहेकाले जिल्लाको विकटतालाई हेरेर बजेट विनियोजन गरी दिन म मन्त्रालयका सचिव लगायत अन्य प्राविधिक कर्मचारीहरूलाई अनुरोध गर्दछु ।’

मन्त्रीको जिल्ला भनेर उदयपुरमा बजेट हाल्न दबाब दिन्न तर यस क्षेत्रको विकटतालाई हेरेर बजेट विनियोजन गर्न सचिवलाई ध्यानाकर्षण गराउन चाहन्छु । उदयपुरको ताप्ली गाउँपालिका–५ स्थित यारी खोलामा करिब ८ करोड ७४ लाखको लागतमा पुल निर्माण भएको यातायात पूर्वाधार निर्देशनालय प्रदेश नम्बर १ ले जनाएको छ ।

बेतिनी, नुनथला, कुमलटार, रुपाटार ठानागाउँ सडक अन्तरगत पर्ने सो पुल निर्माण भएपछि ताप्ली गाउँपालिका र लिम्चुङबुङ गाउँपालिका साथै खोटाङको हलेसीतुवाचुङ नगरपालिकाका स्थानीयहरूलाई प्रत्यक्ष फाइदा पुग्ने छ ।

२०७६ चैत ६ गते प्रदेश सांसद कला घलेले शिलान्यास गरेको सो पुल कोभिडको महामारीको बिचमा समेत निर्माण सम्पन्न गरेकाले निर्माण कम्पनी एएनएस केएम जेबी एनएस जेभी काठमाडौंले १८ महिना लगाएर निर्माण सम्पन्न गरेको मन्त्रालयका सचिव मोहन चापागाईंले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved