भारतमा विषालु ग्यासका कारण ६ जनाको मृत्यु, २० व्यक्ति अस्पताल भर्ना

  • प्रकाशित मितिः पुष २३, २०७८
  • 547 पटक पढिएको
  • समय अनलाइन

नयाँदिल्ली । भारतमा विषालु ग्यासका कारण ६ जनाको मृत्यु भएको छ । गैरकानुनी रूपमा फ्याँकिएको केमिकलका कारण उत्सर्जित विषालु ग्यासका कारण गुजरातको एउटा रङरोगन मिलका कामदारको ज्यान गएको हो । श्वासप्रश्वासमा समस्या भएपछि २० जनाभन्दा बढी व्यक्तिलाई अस्पताल भर्ना गरिएको छ ।

गुजरातको औद्योगिक सहर सुरातमा बिहीबार बिहान ४ बजेतिर यो घटना भएको हो । कामदारहरू मिलमै भएको बेला नजिकै केही केमिकलहरू फ्याँकिएको पाइएको प्रहरी र अग्निनियन्त्रक अधिकारीले जनाएका छन् ।

एउटा ट्यांकरबाट केमिकलहरू गैरकानुनी रूपमा मिलनजिकैको खोल्सामा खन्याइएको र सम्भवतः पानीमा अर्को केमिकलसँग मिसिँदा विषालु ग्यास उत्सर्जन भएको सुरात म्युनिसिपल कर्पोरेसनका अग्निनियन्त्रक अधिकारी वसन्त परीकले बताए ।

विषालु ग्यासका कारण निसासिएका कामदारहरूले भाग्ने प्रयास गरेका थिए । अस्पताल भर्ना भएका २३ मध्ये सातजनाको अवस्था गम्भीर रहेको उनले बताए । यसबारेमा अनुसन्धान गरिरहेको र अहिलेसम्म कोही पक्राउ नपरेको प्रहरी अधिकारीले बताएका छन् । भारतको भोपालमा सन् १९८४ मा एउटा कीटनाशक फ्याक्ट्रीबाट घातक ग्यास चुहिँदा पाँच हजारभन्दा बढी व्यक्तिको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved