कानेपोखरीमा रातारात गरेको कालोपत्रे बिहानै उक्कियो

  • प्रकाशित मितिः पुष २५, २०७८
  • 446 पटक पढिएको
  • समय अनलाइन

इटहरी । मोरङको कानेपोखरी गाउँपालिका – ६ पौडेल चौकदेखि पिङडाडा जोडने पिच सडक निर्माणमा गुणस्तरहिन काम भएको भन्दै स्थानियले विरोध गरेका छन् । पौडेल चौकदेखि खड्ग श्रेष्ठको घरसम्म करिब २ सय मिटर पिच गरेको सडकको कालोपत्रे उप्किन थालेपछि निर्माण कम्पनीले गुणस्तरीय काम नगरेको भन्दै स्थानीयवासीले विरोध गरेका हुन् ।

स्थानिय खडग श्रेष्ठको घर अगाडी शुक्रबार साझ गरेको कालोपत्रे विहान उप्किएको छ । सडकको बेस निर्माणमा कमसल कच्चा पदार्थ बढी प्रयोग गरेको तथा रोलरको कम प्रयोग गरेका कारण समस्या देखिएको स्थानिय बताउँछन् । अब सडकको गुणस्तर सुधारका लागि पुनः बेसमा रोलर लगाएर काम गर्न आवश्यक देखिएको स्थानियको भनाई छ ।

पिच सडक निर्माणमा कमसल सामग्री प्रयोग गरिएकाले कालोपत्रे गरिएको २४ घण्टा बित्न नपाउदै उप्किएको स्थानिय खगेन्द्र बराईलीले बताए । ‘हतारमा शुक्रबार साझतिर सडक पिच गरिएको थियो । हामीले राती भइसक्यो । उज्यालोमा गर्दा गुणस्तरीय काम हुन्छ भनेका पनि थियौ । तर, निमार्ण कम्पनीले हतारमा काम गर्दा अहिले आएर पिच गरिएको सडकको कालोपत्रे उप्किएको छ,’ उनले भने ।


मापदण्ड अनुसार गुणस्तरीय काम नभएकोले स्थानिय तहले प्राविधिसहितको टोली आएर गुणस्तरहिन काम भएको ठाउँमा पुनः निर्माण गरिनुपर्ने स्थानियको माग छ । राम्रोसँग प्राइमर र सवबेस पनि मिलाएर नगर्दा कालोपत्रे उप्किएको स्थानियको भनाई छ । लाखौं खर्चेर निर्माण भएको पिच सडक बनाएको एक दिन पनि नहुदै भत्किएर जानु लज्जास्पद भएको स्थानिय सिंह योन्जनले बताए ।

कानेपोखरी गाउँपालिका इन्जिनियर रन्जन निरौलाले गुणस्तरीहन काम भएको ठाउँमा ठेक्कदारले पुनः निर्माण गर्नुपर्ने बताए । ‘पिच सडक निर्माणको क्रममा खराबी आएको ठाउँमा भत्काएर पुनः पिच गरिनुपर्दछ । त्यो काम ठेक्दारले गर्दछ,’ उनले भने । यसअघि पनि खराबी आएको ठाउँमा ठेक्कदरले भत्काएर पुनः निर्माण गरेको उनले बताए । सडक निर्माणको काम सम्पन्न भएर ठेक्केदारले गाउँपालिकालाई सडक हस्तान्तरण गरेको १३ महिनासम्म पनि कुनै ठाउँमा खराबी आए पुनः र्ममतको काम हुने उनले बताए ।


निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर बिमल निरौलाले मापदण्ड भन्दा बढी कच्चा पदार्थको प्रयोगले पनि कहिलेकाही समस्या आउने गरेको बताए । मापदण्डभित्रको अधिकांश क्षेत्रमा राम्रो काम भएको भएपनि आफू बाहिर हुँदा कामदारको लापरबाहीका कारण केही क्षेत्रमा समस्या देखिए सुधार गर्ने उनले बताए । उनले थप समस्या देखिएको ठाउँमा पुन सुधार गर्ने प्रतिबद्धता जनाए ।


पौडेल चौकदेखि पिङडाडासम्म १ दशवलप ७ किलोमिटर पिच सडक निर्माण गर्ने ठेक्का ९६ लाख ४६ हजार रुपैयाँमा मोरङको रतुवामाइ नगरपालिकामा रहेको वीर निर्माण सेवाले पाएको हो । गत वर्ष सम्झौता भएर चालु आर्थिक वर्षको असार मसान्तसम्ममा निमार्ण सम्पन्न गरिनुपर्ने थियो । तर, कोभिड १९ को कारणले तोकिएको समयमा काम सम्पन्न गर्न नसकिएको भन्दै पाँच महिनाको म्याद थप गरि पुस महिना भित्रमा पिङडाडासम्म पिच सडक बनाइसक्नुपर्ने कानेपोखरी गाउँपालिकासँग भएको सम्झौतामा उल्लेखछ । शनिबारसम्म करिब ७ सय मिटर मात्र कालोपत्रे गरेको छ ।

संघिय सरकारबाट आएको अनुदान र कानेपोखरीको गाउँपालिको बजेटमा उक्त सडक निर्माण भएको हो । सम्झौता अनुसार निमार्ण कम्पनीले ३० एमएमको मोटाइ अर्थात तीन सेन्ट्रिमिटर पिच र चौडाइ ५ मिटर गरिनुपर्ने सम्झौतामा उल्लेखछ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved