विराटनगरको सञ्जीवनी हस्पिटल बन्द, चिकित्सक र कर्मचारीकाे २ करोड बढी तलब दिन बाँकी

  • प्रकाशित मितिः पुष २५, २०७८
  • 496 पटक पढिएको
  • समय अनलाइन

विराटनगर । आर्थिक संकटमा परेको विराटनगरको हस्पिटल चौकस्थित संजीवनी हस्पिटल एण्ड आइभिएफ सेन्टर प्रालिले चिकित्सक र स्वास्थ्यकर्मीहरुको दुइ करोड रुपैयाँभन्दा बढी पारिश्रमिक नदिइ बन्द भएको छ ।

चार जना चिकित्सकसहित १२ जनाको लगानी रहेको संजीवनी चरम आर्थिक संकटमा परेपछि एक साता अगाडिदेखि बन्द भएको हो । यहाँका कार्यरत पाँच जना विशेषज्ञ चिकित्सक र पाँच जना मेडिकल अफिसरसहित दुई दर्जन बढी कर्मचारीले पाउनुपर्ने तलब नदिकन संचालकले हस्पिटल बन्द गरेको हो । हस्पिटलमा कार्यरत पाँच जना डाक्टरले तीन वर्षदेखि तलब पाएका छैनन् भने ९ जना चिकित्सक र स्वास्थ्यकर्मीले गत भदौदेखि तलब नपाएको गुनासो गरेका छन् ।

एक जना चिकित्सकले १० लाखदेखि ७० लाख रुपैयाँसम्म सञ्जीवनी हस्पिटलबाट पारिश्रमिक पाउनुपर्ने छ । हस्पिटलले चिकित्सकको मात्र २ करोड रुपैयाँ तलब दिन बाँकी रहेको चिकित्सकहरुको भनाइ छ । हस्पिटलले पारिश्रमिक नदिएपछि कार्यरत चिकित्सकहरूले नेपाल चिकित्सक संघ कोशीमा १९ पुसमा निवेदन दिएका थिए । उनीहरूले लामो समयदेखि सञ्जीवनी हस्पिटलमा काम गरेवापतको पारिश्रमिक नपाएको र तलब माग गर्दा पनि कुनै सुनवाइ नभएको भन्दै संघमा निवेदन दिएका थिए । ‘हामीले काम गरेको पारिश्रमिक मागेको वर्षौ भइसक्यो । काम गरेको तलब माग्दा आज दिन्छौं, भोली दिन्छौं भनेर टार्ने मात्र काम भयो । पाउनुपर्ने पारिश्रमिक अहिलेसम्म दिएको छैन । हाम्रो माग सुनवाइ नभएपछि हामी आवद्ध संघमा पाउनुपर्ने तलब दिलाइदिन हामीले संयुक्त रूपमा निवेदन हालेका हौं,’ एक चिकित्सकले भने ।

हस्पिटलका संचालहरूमा बिनायक पन्त, राजेश प्रसाईं, ओम प्रसाईं, राज कुमार मण्डल, विजय मण्डल, सुरेन्द्र रोय, डा. प्रेरणा दहाल, डा. अन्जु देव, डा. पवन पराजुली, डा. बरुण देवलगायत रहेका छन् । हस्पिटलका अध्यक्ष राजकुमार मण्डल रहेका छन् । चिकित्सकहरूले तलब नपाएको विषयमा बुझन खोज्दा अध्यक्ष मण्डल सम्र्पकमा आउन चाहेनन् ।

चिकित्सकलाई हस्पिटलमा काम नगर्न संघको आग्रह

चिकित्सक र स्वास्थ्यकर्मीहरुले काम गरेवापतको तलब नदिने सञ्जीवनी हस्पिटलमा काम नगर्न नेपाल चिकित्सक संघ कोशीले सम्पूर्ण चिकित्सक र स्वास्थ्यकर्मीलाई आग्रह गरेको छ । लामोसमयदेखि काम गर्दै आएका चिकित्सक र स्वास्थ्यकर्मीले पाउनुपर्ने सम्पूर्ण तलब नदिएसम्म कुनै पनि चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई काम गर्न संघले सूचना जारी गरेको हो ।

संघका अध्यक्ष डा. फरवार्ड सिलवाल र महासचिव डा. राजेन्द्र चौधरीले बुधबार उक्त सूचना जारी गरेका हुन् । ‘हस्पिटलले लामो समयसम्म चिकित्सकलाई काम गरेको तलब नदिँदा समस्यामा परेका छन् । तसर्थ हालसम्म कार्यरत चिकित्सकको भुक्तानी उक्त अस्पतालले नगर्दासम्म सो अस्पतालमा काम कारवाही नगर्न सम्पूर्ण चिकित्सकहरुमा अनुरोध गरिन्छ । यस सुचना प्रकाशित भए पश्चात उक्त अस्पतालमा काम गरी समस्या उत्पन्न भएको अवस्थामा यस संघ जवाफ देही नहुनेसमेत सूचित गरिन्छ,’ जारी सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved