एमाले जिल्ला अधिवेशन : प्रदेश १ मा १० बुँदे पक्षमा उभिएका नेताले नेतृत्वमा दाबी गर्ने आँटै गरेनन्

  • प्रकाशित मितिः पुष २६, २०७८
  • 429 पटक पढिएको
  • समय अनलाइन

इटहरी । चितवन महाधिवेशनमै किनारामा पारिएका नेकपा एमाले प्रदेश १ का १० बुँदे पक्षधरहरुलाई जारी जिल्ला अधिवेशनहरुले झनै किनारामा पारिदिएको छ । हालसम्म भोजपुरका शरण राईबाहेक अन्य कुनै पनि जिल्लामा १० बुँदे पक्षधरले जिल्ला नेतृत्व हात पार्न सकेनन् ।

भोजपुरका राई भने जिल्ला अध्यक्ष बन्न सफल भए । झापा, मोरङ लगायतका जिल्लामा १० बुँदे पक्षधरले उपसचिवमा चित्त बुझाउनु परेको छ । झापा र मोरङमा अन्य सबै पदमा ओली पक्षका मान्छे छानिँदा उपसचिव पदमा एक एक जना महिला १० बुँदे पक्षले पाएको छ ।

सुनसरीको अध्यक्षमा ३ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । इनरुवामा जारी ७ औं जिल्ला अधिवेशनमा आइतबार अध्यक्षमा ३ जनाले मनोनयन दर्ता गरेका हुन् । जिल्ला निर्वाचन कमिटीका अनुसार अध्यक्षमा खेमराज पोख्रेल, रेवतीरमण भण्डारी र द्धारिकलाल चौधरीले उम्मेद्वारी दर्ता गराएका हुन् ।

पोख्रेल अधिवेशन आयोजक कमिटीका अध्यक्ष थिए भने भण्डारी र चौधरी दुवै पुर्वअध्यक्ष हुन् । पोख्रेल र भण्डारी दुवै ओली पक्षका हुन् । इटहरीका मेयर चौधरी भने पुस ५ गते पछिको घटना क्रममा तटस्थ झै रहेका थिए । भीम आचार्यकै गृहजिल्लामा १० बुँदे पक्षधरहरु किनारामा पर्दा प्रदेशका अन्य जिल्लामा झनै कमजोर अवस्था बनेको हो ।

हालसम्म मोरङमा ऋषिकेश पोखरेल, झापामा दिपक कार्की अध्यक्ष चयन हुँदा धनकुटाको अध्यक्षमा इन्द्रमणि पराजुली सर्वसम्मत भएका छन् । उपाध्यक्षमा चिन्तन तामाङ, सचिवमा निरन राई र दुई उपसचिवमा शिव आङ्ला र सुष्मा राई चयन भएका छन् । यसैगरी खोटाङ अध्यक्षमा रामप्रसाद दंगाल चयन भएका छन् ।

आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला १० बुँदे सहमति गर्दै माधव नेपालको साथ छाडेर एमालेमै रहेका धेरै नेताहरुले यो अधिवेशनमा नेतृत्वमा दाबी गर्ने आँटै नगरेको एमाले नेताहरु बताउँछन् । ‘हामी यसपटक जसरी हुन्छ आफू जोगिने उपायको खोजीमा छौं,’ मोरङका एक नेताले भने ‘अहिले हाम्रा लागि प्रतिकूल समय छ । त्यो बुझेरै हामीले जिल्लाहरुमा नेतृत्व दाबी नगरेका हौं ।’

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved