काठमाडाैं । मौसम पूर्वानुमान महाशाखाका अनुसार केही प्रदेशमा वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हिमपातको सम्भावना रहेको छ। महाशाखाका अनुसार सोमबार बिहान पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण सुदूरपश्चिम प्रदेशको केही स्थानमा हल्का वर्षा भएको छ।
प्रदेश १‚ प्रदेश २‚ बागमती‚ कर्णाली र सुदूरपश्चिमको मौसम सामान्य बदली रही बाँकी प्रदेशहरुमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ।
सोमबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहने मौसमविद समीर श्रेष्ठले जानकारी दिए। कर्णाली र सुदूरपश्चिम प्रदेश केही स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद श्रेष्ठले बताए।
यस्तै‚ उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ। आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो बढेर १७ देखि १९ डिग्री सेल्सियससम्म पुग्ने सक्ने अनुमान महाशाखाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved