मन्त्री आले भन्छन्, ‘हामी नेपाली हौँ भन्ने हो भने पृथ्वीनारायण शाहलाई विर्सन हुन्न’

  • प्रकाशित मितिः पुष २६, २०७८
  • 452 पटक पढिएको
  • समय अनलाइन

काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माणका महान् नायकका रूपमा लिनुपर्ने बताएका छन् । आज सोमवार पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानमा जनसहभागिता विषयक विचार गोष्ठीमा बोल्दै मन्त्री आलेले पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माणका महान् नायकका रूपमा लिनुपर्ने बताएका हुन् ।

उनले पृथ्वीनारायण शाहका विचारहरू आजको लोकतान्त्रिक शासनमा समेत त्यत्तिकै महत्त्वपूर्ण र मार्गदर्शक रहेको बताए । मन्त्री आलेले नेपालीहरूले हामी नेपाली हौँ भन्ने हो भने पृथ्वीनारायण शाहलाई बिर्सन नहुने तर्क राखेका छन् ।

मन्त्री आलेले भने, ‘नेपाल चार जात ३६ वर्णको साझा फूलबारी हो । प्रजा मोटा भए दरबार बलियो हुन्छ । राजाले देशमा अन्याय हुन नदिनु, ठूलो न्याय निसाफ हेर्नु, न्याय निसाफ बिगार्ने भनेको घुस लिने घुस खाने हुन्, यी दुईका धनजिउ हरि लिएता पनि पाप छैन, यी राजाका महाशत्रु हुन् जस्ता पृथ्वीनारायण शाहका विचारहरू आजको लोकतान्त्रिक शासनमा समेत त्यत्तिकै महत्त्वपूर्ण र मार्गदर्शक छन् ।

पृथ्वीनारायण शाहलाई एक राजाका रूपमा मात्र हेर्नुभन्दा पनि उनलाई वर्तमान नेपाल राष्ट्रको निर्माणमा महान् नायकको रूपमा लिनुपर्दछ भन्ने मलाई लाग्छ । यदि हामीले आफूलाई नेपाली हौँ भन्ने कुरामा गर्व गर्छौँ भने पृथ्वीनारायण शाहलाई कहिल्यै बिर्सन सक्दैनौँ र बिर्सनु पनि हुँदैन ।’

मन्त्री आलेले पृथ्वीनारायण शाहले दिव्योपदेशमा व्यक्त गरेका आत्मनिर्भर अर्थतन्त्र, असंलग्न विदेश नीति, व्यापार, राज्य सञ्चालनका नीति र विचारहरु दूर दृष्टियुक्त रहेको भन्दै त्यसको महत्त्व र उपयोगितालाई ग्रहण गर्न अफ्ठ्यारो मान्नु नहुने बताए ।

यो पनि पूर्वराजा ज्ञानेन्द्र शाह पृथ्वी जयन्तीको अवसरमा सिंहदरबार जाने भएका छन्। ३ सयौं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा पुस २७ गते मंगलबार पूर्वराजा शाह सिंहदरबारको मूल गेट अगाडी रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पणका लागि जान लागेका हुन्। पूर्वराजका संवाद सचिव फणिराज पाठकका अनुसार शाह मंगलबार साढे १२ बजे जाने कार्यक्रम रहेको छ।

 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved