इटहरीमा पृथ्वि नारायण शाहकाे झल्माे दिनेगरी मनाइयाे पृथ्वी जयन्ती

  • प्रकाशित मितिः पुष २७, २०७८
  • 511 पटक पढिएको
  • समय अनलाइन

इटहरी । राष्ट्र निर्माता पृथ्वी नारायण शाहको ३००औं जन्मजयन्ती सुनसरीको इटहरीमा पनि नेपाल एकीकरण दिवस तथा पृथ्वी जयन्ती समारोहको आयोजना गरी मनाइयो ।

    नेपाल एकीकरणको ऐतिहासिक पाटोको स्मरण गर्दै वि.सं. २०६९ साल देखि हरेक वर्ष इटहरीमा पौष २७ गते नेपाल एकीकरण दिवस तथा पृथ्वी जयन्ती मनाउदै आए बमोजिम यस वर्ष पनि औपचारिक कार्यक्रमको आयोजना गरी मनाइएको हो ।

   सन्तवहादुर डुम्जनको संयोजकत्वमा नेपाल एकीकरण तथा ३००औं पृथ्वी जयन्ती समारोह गठन गरी राष्ट्र निर्माता पृथ्वी नारायण शाहलाई स्मरण गरिएयो । समारोह संयोजक डुम्जनको अध्यक्षता तथा प्रा.डा.राजाराम सुवेदीे प्रमुख वक्ताका रुपमा आयोजना गरिएको कार्यक्रममा प्रमुख वक्ता सुवेदी लगायतले नेपाल एकीकरणमा पृथ्वी नारायण शाहको भुमिकाका विषयमा चर्चा गरेका थिए ।

कार्यक्रमका वक्ताहरुले नेपाल एकीकरण कर्ता पृथ्वी नारायण शाह नेपालीले विर्सन नहुने राष्ट्रिय विभुति रहेकोमा समेत जोड दिएका थिए । कार्यक्रममा प्रा.डा.बद्रीविशाल पोखरेल ,डा.हरीप्रसाद दाहाल आयोजक समितिका सचिव प्रदिम रेग्मी लगायतले स साना राज्यका रुपमा विभाजित राज्यहरुलाई एकीकृत गरी पृथ्वी नारायण शाहले नेपाल निर्माण गरेको ऐतिहासि पाटो भुल्नु नहुने भन्दै पृथ्वी नारायण शाहको नेपाल निर्माणमा योगदानको चर्चा गरेका थिए ।

  सो कार्यक्रममा पृथ्वी नारायण शाहको प्रतिकका रुपमा सुर्यमणी निरौलाले भुमिका निभाएका थिए भने नेपाल एकीकरण मा पृथ्वी नारायण शाह विषय वक्तृत्वकला प्रतियोगितामा कलेज तर्फ प्रमथ हुने कस्तुरी कलेजकी छात्रा सन्निमा लिम्वु , दोस्रो हुने नमुना कलेजका छात्र सुजित सापकोटा र तेस्रो हुने सिवी कलेजकी छात्रा अनुराधा चौधरीलाई नगद सहित पुस्कृत गरियो ।

त्यसै गरी सो विषयको वक्तृत्वकला प्रतियोगिता अन्तरगत विद्यालय तहमा प्रमथ हुने ज्योति माविकी अदिती दाहाल , दोस्रो हुने गोकियो इन्टरनेशनल स्कुलका आयुष आचार्य र खनार सनसाइन वोर्डिगं स्कुलकी सरस्वती ढकाललाई समेत नगद सहित पुरस्कृत गरियो ।

 समारोह अघि राष्ट्रनिमार्ता पृथ्वी नारायण शाहको ३००औं जन्मजयन्तीको अवसरमा इटहरीको मुख्य चौक क्षेत्रमा र्याली निकालीएको थियो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved