सङ्घीयता कार्यान्वयनमा सबैको भूमिका महत्त्वपूर्ण रहन्छ ः मन्त्री कार्की

  • प्रकाशित मितिः पुष २९, २०७८
  • 510 पटक पढिएको
  • समय अनलाइन

विराटनगर । संवाद समूह प्रदेश १ ले आयोजना गरेको संगियताको चार वर्ष र नागरिकका अपेक्षा विषयक छलफल कार्यक्रममा प्रदेश नं १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले सङ्घीयताको कार्यान्वयनमा सबैको भूमिका महत्त्वपूर्ण रहने बताउनुभएको छ । 

सङ्घीयता कार्यान्वयनमा सबै उत्तिकै महत्त्वपूर्ण भूमिकामा रहने र सरकारले राम्रो काम गर्ने प्रतिपक्षीले नराम्रो भयो भने देखाइदिने हो । 

उहाँले भन्नुभयो नागरिक सजक बन्नुपर्ने हो ।’ आफूहरू सङ्घीयता पछि सरकार र प्रतिपक्षी दुवैको भूमिकाको अनुभव बटुलेकाले अहिले सरकारमा आएकोले राम्रा काम गर्ने बताउनुभयो ।

व्यक्ति आफ्नै सर्वैसर्वा ठान्ने प्रवृत्ति समाजमा व्याप्त रहेको उहाँको भनाई छ । ‘नेता उस्तै, अनि ताली दिनेको कमी छैन । उहाँले भन्नुभयो, सबै सचेत भएर लाग्नुप¥यो ।’ संघियता आएपछि विकास नै भएन भन्ने मानसिकता भने तोड्न उहाँको आग्रह छ । आर्थिक तथा सामाजिक क्षेत्रमा भइरहेको प्रगतिलाई पनि सङ्घीयताको उपलब्धिका रूपमा लिन सकिने मन्त्री कार्कीको भनाई छ । 

अहिलेको सरकार एक वर्षसम्म निर्धक्क चल्ने बताउँदै उहाँले अस्थिरताले पनि काममा बाधक बनाएको बताउनुभएको छ । कानूनी अभाव र साना काममा पनि केन्द्रकै मुख ताक्नु पर्दा पनि समस्या हुने गरेको उहाँको भनाई छ । 

अहिले हिजोको भन्दा ठुलो प्रतिपक्षी रहेको उल्लेख गर्दै उहाँले प्रदेश नामकरणका सन्दर्भमा सहकार्य आवश्यक रहेको सङ्केत गर्नुभएको छ । हामीले थोरै व्यवस्थित गर्न सक्यौँ भने, नामकरण पनि गर्न सक्छौँ, उहाँले भन्नुभयो राजधानीको संरचनालाई पनि हामीले एकरूपता दिन सक्छौँ ।’

कार्यक्रममा सहभागी वक्ताहरूले संघियता आएपछि आफ्नो अधिकार स्थापित गर्नुपर्ने कुरामा जोड दिएका छन् । सङ्घीयता पछि वित्तीय तथा आर्थिक, प्रशासनिक क्षेत्रमा सुधार, पूर्वाधारको क्षेत्रमा लगानी बढिरहेको, सासकीय पद्धतिको स्वरुप बद्लिएको बताएका छन् ।

सहभागीहरूले प्रदेश संरचना आएपछि अधिक खर्चको भार बढिरहेको पनि बताएका छन् । कार्यक्रममा प्राध्यापक कृष्ण पोखरेल, पूर्व राज्य मन्त्री जसमाया गजमेर, विभिन्न पालिकाका प्रमुख उपप्रमुख, लगायत सरोकारवाला निकायका प्रतिनीधिले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved