सुनसरीमा निषेधाज्ञाको संकेत, आजदेखि कडा नियम लागु हुनेगरि प्रशासनको १३ बुँदे आदेश (सुचनासहित)

  • प्रकाशित मितिः पुस २९, २०७८
  • 778 पटक पढिएको
  • समय अनलाइन

सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले आज (बुधबार) देखि जिल्लाभर लागू हुनेगरी आदेश जारी गरेका छ ।मंगलवार जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको डिसिसीएमसीको बैठकले कोरोना भाइरसको ओमिक्रोन भेरीयन्टलाई मध्य नजर गर्दै आज (बुधबार)बाट सुनसरीमा १३ बुँदे आदेश जारी गरेको हो ।

मुलुकमा पछिल्लो समय कोरोना भाइरसको ओमिक्रोन भेरीयन्टको सङ्क्रमण बढ्न थालेपछि नियन्त्रणका गृह मन्त्रालयको मातहतमा रहेको जिल्ला प्रशासन कार्यालयले तयारी थालेको छ । सुनसरीमा ओमिक्रोन भेरीयन्टको रोकथाम तथा नियन्त्रणका लागि सो आदेश जारी गरेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

मंगलवार दिउँसो प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा बसेको बैठकले ओमिक्रोन भेरीयन्ट भारतमा भयावह रुपमा फैलिएको र यसको असर नेपालमापनि देखा परेकोले विभिन्न नियम लागु हुने गरि आदेश पत्र जारी गरेको छ।

डिसिसीएमसीको बैठकको निर्णयअनुसार भीडभाड हुने कुनैपनि किसिमका कार्यक्रम, मिटिङ, गोष्ठी, खेलकुद गतिविधिलगायत कार्यक्रम गर्न पाइँदैन । २५ जना भन्दा बढी सहभागी नहुन आग्रह गरेको छ । यस्तै सबै आधारभुत तथा माध्यमिक विद्यालयहरु संचालनको हकमा नेपाल सरकार र शिक्षा मन्त्रालयको निर्णय अनुसार गर्ने उल्लेख गरेको छ ।

cdo 1

cdo 2 कोरोना भाइरसको ओमिक्रोन भेरीयन्टको जोखिमलाई ध्यानमा राखी स्वास्थ्य सुरक्षाका मापदण्डहरु माक्स, सेनिटाइजरको प्रयोग र भोैतिक दुरी कायमको अनिवार्य रुपमा पालना गर्नुपर्ने र माघ १ गतेदेखी सार्वजनिक सेवा कार्यालय, होटेल, रेस्टुरेन्ट, सिनेमा हल, रंगशाला लगायतका स्थलमा प्रवेश गर्न कोभिड खोपको कार्ड अनिवार्य गरेको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले कोरोना सङ्क्रमित राख्ने र उनीहरुको उपचार गर्ने क्वारेन्टाइन र आइसोलेसन तयारी अवस्थामा राख्न स्थानीय तहलाई निर्देशन दिएको छ । 

जिल्ला प्रशासन सुनसरीले स्थानीय तहलाई परिपत्र गरेर स्वास्थ्य मापदण्डसमेत अनिवार्य लागू गर्न निर्देशन दिएको छ । जिल्ला प्रशासनले स्थानीय तहलाई कोरोना संक्रमितको उपचारका लागि आइसोलेसन सेन्टर, अस्पताल र मेडिकल कलेज तयारी अवस्थामा राख्न निर्देशन दिएको छ ।

कोरोना  संक्रमणको तेस्रो लहर भयावह रुपमा फैलिएको भन्दै आइसोलेसन सेन्टर, सबै अस्पताल, मेडिकल कलेज तयारी अवस्थामा राख्न निर्देशन दिएको हो ।

कोरोनाको पहिलो र दोस्रो लहरको बेलामा सूचीकृत अस्पताल अहिले स्थगित गरिएकाले सम्भावित तेस्रो लहरको सम्भावनालाई मध्यनजर गर्दै बढी भीडभाड नगर्न जिल्ला प्रशासन कार्यालय सुनसरीले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved