प्रदेश १ मा मन्त्रालय फुटाउने तयारी, ७ मन्त्रालयलाई १२ बनाइदै

  • प्रकाशित मितिः पुष २९, २०७८
  • 413 पटक पढिएको
  • समय अनलाइन

इटहरी । प्रदेश १ सरकारले केही मन्त्रालय फुटाउने तयारी गरेको छ । हाल मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित सात मन्त्रालय रहेकोमा मन्त्रालय फुटाएर १२ वटा बनाउने तयारी भएको हो ।

मुख्यमन्त्री राजेन्द्र राई नेतृत्वको प्रदेश सरकारमा हाल नेपाली कांग्रेसबाट दुई तथा नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबाट एक–एकजना मन्त्री छन् ।

अहिले नै पनि उद्योग, पर्यटन, वन तथा वातावरण र भूमि व्यवस्था कृषि तथा सहकारी गरी दुई मन्त्रालय खाली छ । अझै पनि मन्त्रालयहरु फुटाएर थप ७ जना मन्त्री थप्न लागिएको हो । सामाजिक विकास, भौतिक पूर्वाधार र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय फुटाउने सत्तारुढ गठबन्धनको तयारी छ ।

राईलाई मुख्यमन्त्री बनाउन बेला दलहरुबीच भएको भागबन्डाअनुसार कांग्रेसले ३, माओवादी केन्द्र र एकीकृत समाजवादीले २–२ मन्त्रालय पाउन बाँकी छ । मुख्यमन्त्री राईले राज्यमन्त्रीसहित मन्त्रिपरिषदको संख्या १७–१८ पुर्याउने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved