चीनले भन्यो : नेपालसँगका कुनै स्थानमा सीमा विवाद छैन

  • प्रकाशित मितिः पुष ३०, २०७८
  • 367 पटक पढिएको
  • समय अनलाइन

नेपालस्थित चिनियाँ दूतावासले नेपालसँग कुनै पनि ठाउँमा सीमा विवाद नरहेको जनाएको छ। दूतावासद्वारा बिहीबार साँझ जारी प्रेस विज्ञप्तिमा चीन र नेपालबीच मित्रवत छलफलका माध्यमबाट सन् १९६० मै सीमा विवाद हल भइसकेको जनाइएको छ।

‘दूतावासले पटक—पटक प्रष्ट पारिसकेको छ कि चीन र नेपालले सन् १९६० मै मित्रवत छलफलपछि सीमासँग संबन्धित मुद्दा हल गरिसकेका छन्। दुई देशबीच कुनै पनि सीमा विवाद छैन।’चिनियाँ दूतावासले नेपालको परराष्ट्र मन्त्रालयले पनि वक्तव्यमार्फत यसबारे प्रस्ट पारिसकेको जनाएको छ। नेपाल सरकारले टोली पठाएर स्थलगत अनुसन्धान पनि गरिसकेको दूतावासले स्मरण गराएको छ। 

‘हाम्रो विदेश मामिलासँग संबन्धित दुवै देशका आधिकारिक निकायले सीमासँग सम्बन्धित बिषयमा राम्रो सम्पर्कमा छन्’, दूतावासले भनेको छ, ‘हामी आशा गर्छौं कि कुनै व्यक्ति विशेषले फैलाएका भ्रमपूर्ण रिपोर्टबाट नेपाली जनता दिग्भ्रमित हुने छैनन्।’

चीनले सीमा मिचेको दाबीसहित केही संस्थाले बुधबार मात्रै काठमाडौ र तराईका केही ठाउँमा विरोध प्रदर्शन गरेको सञ्चारमाध्यममा आएपछि दूतावासले वक्तव्य निकालेको हो। 

नेपाल परम्परागत मित्रवत छिमेकी भएको बताउँदै दूतावासले चीनले दृढतापूर्वक शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तअनुसार नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मान गर्दै आएको जनाएको छ। 

‘चीनले नेपालसँग समानता, पारस्परिक लाभको आधारमा द्विपक्षीय मैत्री सम्बन्ध विकास गर्दै एकअर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीतिमा अडिग छ’, विज्ञप्तिमा छ। 

चीनले नेपाललाई बेल्ट एन्ड रोड अवधारणाको महत्वपूर्ण साझेदार मुलुकका रुपमा ठानेको उल्लेख गर्दै नेपाललाई दिने सहयोगमा कुनै पनि राजनीतिक सर्त नजोडिने दूतावासले जनाएको छ। 

कोरोना महामारी सुरु भएयता चीनले ठूलो परिमाणमा स्वास्थ्य सामाग्री, खोप र अक्सिजन उपलब्ध गराएको  जनाउँदै त्यसले कोरोनाको असरविरुद्ध दह्रोसँग लड्न सहयोग गरेको दूतावासले उल्लेख गरेको छ। दुई देशबीचको सीमा व्यापारमा देखिएको समस्याबारे चिनियाँ दूतावासले बोलेको छ। 

‘निकै कठिनाईका बाबजुत चिनियाँ पक्षले अहिले एकतर्फी कार्गो यातायात खुला गरिसकेको छ। कार्गो सञ्चालन क्षमता निरन्तर रुपमा बढाउँदै लागेको छ’, उसले भनेको छ, ‘जसका कारण नेपालमा कोरोनाविरुद्ध लड्ने उपकरण तथा जनजीविकाका समाग्री ल्याउन ठूलो भूमिका खेलेको छ।’ 

चीनका विभिन्न विश्व विद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी कोरोना महामारीमा स्वदेश फर्केपछि चीन जान नपाएको प्रशंगमा दूतावासले विश्वभर नै महामारीले भौतिक आवागमनमा असहज पारिरहेको कुटनीतिक जवाफ दिएको छ। 

‘सबै देशको अहिलेको प्राथमिकता भनेकै बेला महामारीविरुद्ध एकजुट भएर लड्नु र यसलाई परास्त गर्नु हो’, दूतावासले अगाडि भनेको छ, ‘हामी अबका दिनमा नेपाली पक्षसँग अहिलेका कठिनाई सामना गर्दै पूर्ववत् अवस्थामा अर्थतन्त्र फर्काउन र मानिसको अन्र्तक्रिया सुचारु बनाउन मिलेर काम गर्न प्रतीक्षारत छौँ।’ 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved