गाेकुल बास्काेटा भन्छन – देशभक्त नेताहरू टुकी बालेर खाेज्ने दिन आए

  • प्रकाशित मितिः पुष ३०, २०७८
  • 409 पटक पढिएको
  • समय अनलाइन

चितवन ।  नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेपाली भूमिमा भारतले सडक बनाइरहँदा गठबन्धन सरकार चुप लागेर बसेको भन्दै चर्को आलोचना गरेका छन्।

प्रेस चौतारी नेपाल चितवन शाखाले बिहीबार गरेको पत्रकार सम्मेलनमा बोल्दै बास्कोटाले यस्तो बताएका हुन्।नेपाली भूमिमा विदेशीले बाटो बनाउँदा पनि गैर देशभक्तहरूको परमादेश सरकार चुप लागेर बसेको आरोप उनले लगाए।

तत्कालीन एमाले सरकारविरुद्ध बोल्न पाइन्छ भन्दै मुखमा टेप टाँसेकी मन्त्री रामकुमारी झाँक्रीप्रति कटाक्ष गर्दै उनले देशभक्त मन्त्रीलाई टुकी बालेर खोजिरहेको बताए। 

संसदबाट सर्वसम्मतिले पास भएको नक्सामा समेटिएको भूमागमा भारतले सडक बनाउँदा देशभक्तहरूको पार्टी एमालेले मुख खोलेको उनले बताएका छन्। 

‘भारतीय अधिकारीहरूले हाम्रो संसदबाट सर्वसम्मतिले पास भएको नक्सामा भएको भूभागबाट अरू कसैले सडक बनाइरहँदा मुखमा टेप टाँसेर बोल्न पाइन्छ भन्ने मन्त्रीहरू र सरकार कहाँ छ अहिले खोज्नुस्', उनले भने, 'म ती मन्त्रीहरू खोज्दै छु। देशभक्त मन्त्रीहरू टर्च होइन, टुकी बालेर खोज्दै छु। खै कहाँ गए? त्यसबारे बोल्नु पर्दैन? एमाले त बोलिसक्यो।'

प्रत्येक नेपाली नागरिक देशभक्त रहेको भन्दै उनले अब जनताले एमालेको सरकार बनाउने दाबी गरे।बास्कोटाले सर्वोच्च अदालत सधैँ एमालेप्रति पूर्वाग्रही हुने गरेको आरोप समेत लगाए। ‘अदालत एमालेप्रति पूर्वाग्रही भएको हो। त्यो कुरा स्पष्ट देखिएको छ', उनले भने, 'सदाझैँ एमालेप्रति पूर्वाग्रही भएर अदालत उभिएको तथ्यहरूले बताउँछन्।’

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved