सुनसरी एमाले अध्यक्षमा भण्डारी प्यानल विजयी, कमजोर देखिए द्वारिकलाल चौधरी

  • प्रकाशित मितिः पुष ३०, २०७८
  • 491 पटक पढिएको
  • समय अनलाइन

इटहरी  / नेकपा एमाले सुनसरी जिल्ला कमिटी सातौं अधिवेशनबाट अध्यक्षमा रेवतीरमण भण्डारी विजयी भएका छन् । निकै लामो संर्घषपछि चुनावी मैदानमा अन्य दुई प्रतिष्पर्धीलाई पछि पार्दै उनी अध्यक्ष भएका हुन् ।

भण्डारीले ९२० मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी खेमराज पोखरेल ७७५ र द्धारिकलाल चौधरीले ८० मत मात्रै पाए । पार्टीभित्र आफ्नो बलियो प्रभाव रहेको दाबी गर्ने चौधरीको मत निकै कम आएको छ ।

यस्तै उपाध्यक्षमा भण्डारी प्यानलबाट निलम खनाल निर्वाचित भएका छन् भने सचिवमा परशुराम यादव निर्विरोध भइसकेका थिए । उपसचिवमा राम कोइराला र योग्यराज खड्का निर्वाचित भएका छन् । यादव, कोइराला र खड्का भण्डारी समर्थक हुन् । यो नतिजा देखिएसगैं अन्य पदमा पनि भण्डारी समर्थक नेताहरु विजयी बन्ने संकेत देखिएको छ । विजयी र पराजित उम्मेदवारहरुले पाएको मत परिणाम यस्तो छ-

जम्मा मतदाता : १८०५

अध्यक्ष

रेवती भण्डारी – ९२० , खेमराज पोख्रेल – ७७५, द्वारिकलाल चौधरी- ८०

उपाध्यक्ष

नन्दकुमार बस्नेत -७०० , निलम खनाल – १०११

उपसचिव

अन्जनीकुमार पोख्रेल – ४९७, अर्जुन गहतराज – २२९, पदमप्रशाद लिम्बु – ५२५, योग्यराज खड्का – ५६३, लहरुमाया जिमी – २४९, लोकेश निरौला – ४८४,
राम कोइराला – ८२१

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved