लोसपामा महन्थको एकलौटी निर्णय, राजेन्द्र महतो भन्छन्- अध्यक्षले अलिअलि पेलिहाल्छन् नि

  • प्रकाशित मितिः माघ ५, २०७८
  • 394 पटक पढिएको
  • समय अनलाइन

काठमाडौं / अध्यक्ष महन्थ ठाकुरले प्रदेश २ को अध्यक्षसहित झन्डै १७ जिल्लामा एकलौटी रूपमा नेतृत्व चयन गरेपछि लोकतान्त्रिक समाजवादी पार्टीमा विवाद बढेको छ । ठाकुरले एकलौटी गरेपछि असन्तुष्ट अर्का नेता राजेन्द्र महतो बबरमहलस्थित कार्यालयमा जानै छाडेका छन् । यस बीचमा ठाकुरविरुद्ध प्रदेश २ का नेताहरूले नै धर्ना दिएका छन् ।

आपसी सहमतिविनै प्रदेश २ मा जितेन्द्र सोनललाई अध्यक्ष बनाएको मात्रै होइन, सल्लाह नै नगरी १७ जिल्लामा अध्यक्षको जिम्मेवारी तोकेपछि लोसपामा विवाद भएको हो । जसकारण महतोलगायतका नेता असन्तुष्ट बनेका छन् ।

केन्द्रीय कार्यालय नै जान छाड्नुभयो नि ? न्युज कारखानाको प्रश्नमा महतोले जवाफ दिए, ‘हिजो–अस्ति व्यस्त भएकाले नभ्याएर नगएको हो, अब जानेछु ।’

प्रदेश २ का अध्यक्ष् देखि १७ जिल्लामा अध्यक्ष ठाकुरले एकलौटी निर्णय गरेको विषयमा प्रतिक्रिया लिन खोज्दा महतोले हाँस्दै भने, ‘अध्यक्ष हुन्, अलिअलि त पेलिहाल्छन् नि, यो त अध्यक्षको धर्म नै हो नेपालमा । जे होस्, हामी मिलाउँदैछौं ।’

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved