राजस्व बढाउन कार्यदल गठन गरेर अघि बढ्न प्रदेश १ अर्थ समितिको निर्देशन

  • प्रकाशित मितिः माघ ६, २०७८
  • 431 पटक पढिएको
  • समय अनलाइन

विराटनगर । प्रदेश १ प्रदेशसभाको अर्थ समितिले प्रदेशको राजस्वको स्रोत पहिचान तथा संकलन र अभिवृद्धिका लागि कार्यदल गठन गरी तत्काल काम थाल्न निर्देशन गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका उपसचिव र शाखा अधिकृतबाट चालु आर्थिक वर्ष २०७८/०७९ को प्रथम चौमासिकसम्मको आम्दानी खर्चको अवस्था तथा राजस्व सम्बन्धी अवस्था बुझेपछि अर्थ समितिले मन्त्रालयलाई राजस्वको स्रोत पहिचान तथा संकलन तर अभिवृद्धिका लागि कार्यदल गठन गरेर तुरुन्त काम थाल्न निर्देशन गरेको हो ।

अर्थ समिति सभापति मोहनकुमार खड्काले वित्तीय सामानीकरण र राजस्व बाँडफाँडमा संघीय सरकारसँग सुत्र र दर नै वृद्धि गर्न प्रदेशले पहल गर्नुपर्नेमा जोड दिँदै कार्यदल गठन गरेर कार्यअगाडि बढाउन निर्देशन गरेका हुन् ।

अर्थ समितिले संघीय सरकारसँग आगामि आर्थिक वर्षका लागि माग गरेका समपुरक र विशेष योजनाको विवरण र प्रदेश सरकारले आजसम्म लगाएका बहुवर्षीय योजनाको विवरण र स्थिति समितिलाई १० दिनभित्र बुझाउन पनि आर्थिक मामिला तथा योजना मन्त्रालयलाई निर्देशन गरेको छ । यसैगरी संघबाट प्रदेशका सबै मन्त्रालयमा दिइने सालवसाली सशर्त योजनाको विवरण, स्थिति र मुल्याङ्कन सम्बन्धित मन्त्रालयबाट मगाई ५ फागुनभित्र पेश गर्न पनि समितिले मन्त्रालयलाई अह्राएको छ ।

समिति सचिव प्रेम श्रेष्ठका अनुसार बुधबार बसेको प्रदेश १ अर्थ समितिको बैठकले प्रदेशका बजेट तथा योजना छनौट कार्यान्वयनको अवस्था र प्रदेशस्तरीय योजना र बजेट तथा कार्यक्रम तर्जुमा दिग्दर्शन, २०७६ कार्यान्वयन सम्बन्धमा आगामी बैठक प्रदेश योजना आयोगसँग बसेर छलफल गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved