प्रधानसेनापतिको निर्णय विरुद्ध उपरथी कार्कीको ‘विद्रोह’

  • प्रकाशित मितिः माघ ६, २०७८
  • 422 पटक पढिएको
  • समय अनलाइन

काठमाडौं / नेपाली सेनाका उपरथी अनन्त कार्कीले आफूमाथि अन्याय भएको भन्दै प्रधानसेनापति प्रभुराम शर्माविरुद्ध उजुरी दिएका छन् । वरिष्ठताका आधारमा आफू अगाडि भए पनि पदावधि थपको सिफारिसमा नपरेको भन्दै रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवालाई समक्ष मंगलबार उजुरी नै दिएका हुन् ।

‘चेन अफ कमाण्ड’मा रहने सैनिक अधिकारीले संगठन प्रमुखको निर्णयविरूद्ध दिएको यो उजुरीले सेनाभित्र हलचल पैदा गरेको छ ।

नेपाली सेनाका तीन जना उपरथीमध्ये दुई जनाको पदावधि थप्दा आफूभन्दा कनिष्ठ उपरथीहरूको पदावधि थप्न सिफारिस गरिएपछि उपरथी कार्की प्रधानसेनापतिको निर्णय विरुद्ध उभिएका हुन् ।

नेपाली सेनाका तीन उपरथीमध्ये पहिलो नम्बरमा कार्की छन् । दोस्रो र तेस्रोमा क्रमशः सीताराम खड्का र तारा पाण्डे छन् । प्रधानसेनापति शर्माले कार्कीलाई पन्छाएर खड्का र पाण्डेको पदावधि थपको सिफारिस गरेपछि समस्या सुरु भएको हो ।

प्रधान सेनापति शर्माले पठाएको सिफारिस अहिले मन्त्रिपरिषदमा विचाराधीन छ। गत पुस ३० गतेको मन्त्रिपरिषदमा त्यसबारे छलफल भएको थियो।

उपरथी कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारी, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई पनि उजुरीको बोधार्थ दिएका छन् ।

उपरथी कार्कीले ‘नेपालको संविधान, कानुन, विधिको शासन, मानवअधिकार, सैनिक सुशासन, सैनिक मूल्य मान्यताविपरीत विशिष्ट श्रेणीको अधिकृतउपर पूर्वाग्रह र बदनियत राखेर मभन्दा जुनियर दुई जनाको पदावधि थपको सिफारिस गर्ने कार्य गैरकानुनी छ,’ भनेर उजुरीमा उल्लेख गरेका छन् ।

राष्ट्रिय प्रतिरक्षा निर्माण समितिको कार्यालय जगनाथ देवलमा कार्यरत उपरथी कार्कीको पदावधि थप नभए उनी २५ माघमा अनिवार्य अवकाशमा जानेछन् । प्रधान सेनापतिपछि चौथो वरीयतामा रहेका उनी पदावधि थप भएको अवस्थामा आठ महिनापछि रथीमा बढुवा हुनेछन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved