अनलाइनबाट जुवा खेलाउने गिरोह पक्राउ

  • प्रकाशित मितिः माघ ७, २०७८
  • 415 पटक पढिएको
  • समय अनलाइन

काठमाडाैं ।  पछिल्लो समय अनलाइन मार्फत ठगीका घटना बढेको भन्दै प्रहरीले निगरानी बढाएसंगै अनलाइनबाट जुवा खेलाउने गिरोहलाई पक्राउ गर्न सफल भएको छ ।

अनलाइन मार्फत जुवा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले काठमाडौं कीर्तिपुरबाट १२ जनालाई पक्राउ गरेको छ । नगरपालिकाको बिभिन्न स्थानमा अनलाइन जुवा खेलाउँदै गरेको अवस्थामा महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

कीर्तिपुर नगरपालिका–६ चोभार, वडा नं –९ न गाँउ र वडा नं–१० बागभैरबस्थित बिभिन्न घरहरू खानतलासी गर्दा अनलाइन जुवा खेलाइरहेको अवस्थामा जुवा खेलाउन प्रयोग हुने ल्यापटप, मोबाइल लगायतका विधुतीय उपकरणहरूसहित उनीहरूलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

पक्राउ पर्नेमा चोभार बस्ने ३३ वर्षीय सुजेन्द्र थापा, १७ वर्षीय मनिश थापा र समिर थापा, २७ वर्षीय कबिता थापा, ३० वर्षीय रवीन खड्का, वडा नं. १० बस्ने ४५ वर्षीय बुद्ध महर्जन, वडा नं. ८ पाँगा बस्ने २० वर्षीया रोजा महर्जन, १९ वर्षीय साहिल महर्जन, वडा नं. १० बस्ने १९ वर्षीय हनिशा महर्जन, वडा नं. ९ न गाँउ बस्ने ३५ वर्षीय प्रदिपमान सिंह बस्नेत, बझाङ केदारस्युँ गाउँपालिका–५ घर भई कीर्तिपुर–५ बस्ने १९ वर्षीय बिनोद ठगुन्ना र सिन्धुपाल्चोक मेलम्ची–१३ घर भई कीर्तिपुर बस्ने १७ वर्षीय रमादेवी श्रेष्ठ छन् ।

अनुसन्धानका क्रममा पक्राउ परेका सुजेन्द्र थापा, प्रदिपमान सिंह बस्नेत र बुद्ध महर्जनले अनलाइन जुवा खेलाउन ३ वटा घरमा २४ सै घण्टा सिफ्टवाइज अनलाइनमार्फत जुवा खेलाउनका लागि कर्मचारीहरू समेत राखेको देखिएको महाशाखाले जनाएको छ ।

त्यहाँ खटिने कर्मचारीहरूले फेसबुकमार्फत अमेरिकन तथा युरोपियन नागरिकहरुलाई साथी बनाई अनलाइन जुवा खेल्न लिंक शेयर गरि उक्त गेममा अमेरिकन डलर लोड गर्न लगाई गेम खेलाउने तथा जित्ने पक्षलाई तोकिएको पैसा पुरस्कारको रुपमा दिने गरेको देखिएको महाशाखाले जनाएको छ ।

जुवा खेलाउनेले करिब १० महिना अगाडिदेखि महिनाको करिब १ लाख अमेरिकी डलर भन्दा बढी रकम हारजित हुने गरी अनलाइन जुवा खेलाउने गरेको बुझिएको प्रहरीले जनाएको छ ।

उनीहरूबाट बिभिन्न कम्पनीका १७ थान मोबाइल, बिभिन्न कम्पनीका १४ थान ल्याप्टप तथा दुई थान डेस्कटप कम्प्युटर तथा जुवाको हिसाव राख्ने रजिष्टर बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरूलाई थप अनुसन्धान र कारबाहीका लागि महानगरीय प्रहरी परिसर पठाइएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved