झापाकि बिपना १६ दिन देखि बेपत्ता : खाेजि गरिदिन परिवारकाे अपिल

  • प्रकाशित मितिः माघ ७, २०७८
  • 393 पटक पढिएको
  • समय अनलाइन

झापा । भद्रपुर नगरपालिका–५ घोडामारा निवासी १४ वर्षीया विपना लामा १६ दिनदेखि बेपत्ता भएकी छिन्। साथीको घरमा साग पुर्‍याउन भन्दै घरबाट हिँडेकी विपना बेपत्ता भएपछि उनका परिवारजनले खोजी गरिदिन प्रहरीमा निवेदन दिएका छन्।

भद्रपुरस्थित वीरेन्द्र मावि चन्द्रगढीमा कक्षा ९ मा अध्ययनरत विपना पुस २१ गते घरबाट हिँडेको उनकी आमा बिन्दा लामाले बताइन्। साथीकोमा साग पुर्‍याएर फर्की हाल्छु भन्दै घरबाट बिहान ११ बजे हिँडेकी छोरी विपना अझै सम्पर्कमा नआएको बताउँदै उनकी आमा बिन्दाले भनिन्, ‘आफन्तजन, नातागोता, छोरीको साथीभाइ, नजिकका चिनजान भएका व्यक्ति सबैलाई सम्पर्क गरिसकेको र हालसम्म छोरी कहाँ छिन् भनेर पत्ता लागेको छैन।’

पाँच दिनसम्म छोरी घर नफर्किएपछि पुस २७ गते वडा प्रहरी कार्यालय भद्रपुर र जिल्ला प्रहरी कार्यालय झापामा निवेदन दिएको उनले बताइन्। ‘छोरीले मोबाइल बोकेर गएकी छिन् तर अहिले मोबाइल बन्द छ’, उनले भनिन्, ‘मोबाइलको लोकेसन पत्ता लगाउन प्रहरीमा निवेदन दिएको र प्रहरीकै आशामा बसिरहेको छु।’

यता वडा प्रहरी कार्यालय भद्रपुरका इन्स्पेक्टर दलकुमार राईले प्रहरीमा निवेदन आएको र मोबाइल लोकेसन पत्ता लगाउन प्रहरी कार्यालय झापालाई जानकारी गराइसकेको बताए। प्रहरी कार्यालय झापा मोबाइल लोकेसन पत्ता लगाउन जिल्ला अदालतको आदेश पर्खिरहेको जानकारी प्राप्त भएको उनले बताए।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved