ओमिक्रोन कति दिनसम्म शरीरमा रहन्छ ? कति दिनपछि अरूलाई सङ्क्रमण सर्दैन ?

  • प्रकाशित मितिः माघ ७, २०७८
  • 550 पटक पढिएको
  • समय अनलाइन

कोरोना भाइरसको ओमिक्रोन भेरिएन्ट अन्य भेरिएन्टको तुलनामा सङ्क्रामक छ ।

खोपबाट बन्ने प्रतिरोधी क्षमता छल्न सक्नुका साथै ओमिक्रोनले कोभिड भइसकेका व्यक्तिलाई पुनः सङ्क्रमण गराउन सक्छ । सङ्क्रमणको सङ्ख्यामा वृद्धि भए पनि ओमिक्रोनबाट सङ्क्रमित भएका (विशेषगरी खोप लगाएका) मानिस अस्पताल भर्ना हुने सम्भावना कम रहेको देखिएको छ । तर, विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले खोप नलगाएका मानिसहरूमा ओमिक्रोन अझै पनि घातक रहेको बताएको छ । 

बिबिसीमा उल्लेख गरेअनुसार ओमिक्रोन अन्यको तुलनामा कमजोर हुनुका साथै भाइरस सरिसकेपछि लक्षण देखा पर्न लाग्ने अवधि पनि कम देखिएको छ । ओमिक्रोनबाट सङ्क्रमण भएको अवस्था दुईदेखि तीन दिनभित्र लक्षणहरू देखा पर्ने गरेको छ । अमेरिकाको प्रारम्भिक अध्ययनमा ओमिक्रोनको औसत सङ्क्रमण अवधि तीन दिन देखिएको थियो । 

स्पेनको इन्टरनेशनल युनिभर्सिटी अफ ला रियोजाका सङ्क्रामक रोग विशेषज्ञ डा. भिसेन्ट सोरियानोका अनुसार सङ्क्रमितसँगको सम्पर्कमा पुगेको व्यक्तिमा एक दिनमै शरीरमा भाइरसहरू बढ्न सुरु हुने र दिनभित्र गरिएको परीक्षणमा भाइरस देखिन थाल्छ । यसअघिका भेरिएन्टबाट सङ्क्रमण सरिसकेपछि लक्षण देखा पर्न चारदेखि ६ दिनसम्म लाग्ने गरेको थियो ।

ओमिक्रोनको लक्षण देखिनुभन्दा एक वा दुई दिनअघि र लक्षण देखिएको दुईदेखि तीन दिनसम्म सङ्क्रमितले भाइरस अरूलाई सर्न सक्छ । डा. सोरियानोका अनुसार ओमिक्रोन शरीरमा सात दिनसम्म रहन सक्छ । सात दिनसम्म रहने भए पनि यो पाँच दिनसम्म मात्रै सङ्क्रामक हुन्छ । परीक्षणमा पुष्टि भएको तीनदेखि पाँच दिनसम्म मात्रै भारसमा अरूलाई सर्न सक्ने क्षमता रहने उनले बताए ।

लक्षण देखिएको सात दिनपछि लक्षण नभए अरूलाई सङ्क्रमण नसर्ने उनको भनाइ छ । कतिपय कोभिड सङ्क्रमित बिरामीमा लक्षण देखिँदैन । लक्षण नदेखिए पनि सङ्क्रमण रहिरहने अवधि लक्षण भएका व्यक्तिहरू जति नै हुन्छ । लक्षण नदेखिए पनि सङ्क्रमित व्यक्तिले अरूलाई सङ्क्रमण सार्न सक्छन् । अमेरिकामा प्रकाशित अनुसन्धानले हरेक चारमा एउटा सङ्क्रमण लक्षण नभएका मानिसबाट हुने देखाएको छ । 

यसअघिका भेरिएन्टको तुलनामा ओमिक्रोन भेरिएन्ट लक्षण नभएकाबाट अझै बढी फैलिन सक्ने ठानिएको छ । सङ्क्रमण पुष्टि भएका व्यक्तिहरूलाई पाँच दिनको आइसोलेसन बसेपछि अरूसँग घुलमिल हुन मिल्ने अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी)ले निर्देशिका प्रकाशित गरेको छ । तर, अन्य मानिसहरूसँग भेट्दा मास्क लगाउनुपर्ने र लक्षण देखिएको पहिलो दिनबाट १० दिनसम्म सकेसम्म यात्रा नगर्न सुझाइएको छ । 

त्यस्तै, ज्वरो निको नहुन्जेल आइसोलेसनमा बस्नुपर्ने हुन्छ । कुनै मानिस सङ्क्रामक छ वा छैन भनेर पत्ता लगाउनका लागि छिटो नतिजा देखाउने एन्टिजन परीक्षण गरिनु सबैभन्दा उत्तम हुने विज्ञहरूको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved