मोरङको बलियामा अपराधको परकाष्टा, सामूहिक बलात्कारका कराण यौनाङ्ग क्षतविक्षत, अत्यधिक रक्तश्राव

  • प्रकाशित मितिः माघ ९, २०७८
  • 425 पटक पढिएको
  • समय अनलाइन

इटहरी । मोरङको बलियामा अपराधको परकाष्टा नाघ्ने गरी एउटा सामूहिक बलात्कारको घटना भएको छ । बेलबारी नगरपालिका–४ की ३० वर्षीया महिला सामूहिक बलात्कारको सिकार भएकी हुन् । अमानवीय एवम् क्रुर घटनाको सिकार बनेकी उनको अवस्था गम्भीर छ । पीडितको उपचार विराटनगरस्थित कोसी अस्पतालमा भइरहेको छ । सुन्दरहरैँचा नगरपालिका–४ बलियास्थित श्रेष्ठ होटल एन्ड फेमीली लजको एउटा कोठामा बन्धक बनाएर महिलामाथि तीन जनाले शुक्रबार राति सामूहिक बलात्कार गरेको मोरङ प्रहरीका प्रवक्ता डिएपसी मञ्जील मुकारुङले जानकारी दिए । 

मुकारुङका अनुसार होटल सञ्चालक सुन्दरहरैँचा–४ का ३६ वर्षीय अर्जुन श्रेष्ठ, उनका भाइ २७ वर्षीय मनोज श्रेष्ठ र झापा घर बताउने रामबहादुर नेपालीले होटलमा राखेर रातभर सामूहिक बलात्कार गर्दा महिलाको अवस्था चिन्ताजनक बनेको हो । अत्यधिक रक्तश्राव भएका कारण महिलाको अवस्था निक्कै गम्भीर बनेर गएको उपचारमा संलग्न चिकित्सकलाई उद्रित गर्दै प्रहरीले जनाएको छ । 

चिकित्सकका अनुसार बलात्कार गरेर उनको यौनाङ्ग क्षतिविक्षत बनाइएको छ । रतग धेरै बगेकाले रक्तचाप कम भएर गएको छ । पारिवारिक आर्थिक अवस्था कमजोर भएकी महिलाले शुक्रबारदेखि नै सुनसरीको इटहरीस्थित एउटा घरमा काम गर्न थालेकी थिइन् । काम सकेर सुन्दरहरैँचाकै गछियास्थित बहिनीको घरमा फर्कदै गरेको अवस्थामा उनलाई बलात्कारमा संलग्नमध्ये रामबहादुरले शुक्रबार साँझ ६ बजेतिर गाडीमा राखेर गछियाबाट लगेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार इटहरीबाट गाडीमा आएर गछियामा ओर्लिएपछि उनले बहिनीको घरको लोकेसन अर्को गाडीमा रहेका रामबहादुरलाई सोधिन् । बहिनीको घर पुर्याइदिन्छुभन्दै गाडीमा राखेर होटलमा लगेको पाइएको डिएसपी मुकारुङले बताए । घटनापछि रामबहादुर फरार छन् । प्रहरीले उनको नाम रामबहादुर नेपाली हो कि हैन भनेर यकिन हुन भने बाँकी रहेको जनाएको छ ।

उनीसँगै बलात्कारमा संलग्न मनोज पनि फरार थिए । उनलाई भने प्रहरीले शनिबार साँझ पक्राउ गरिसकेको छ । बलात्कार पीडित महिलालाई उपचारका लागि कोसी अस्पताल लिएर आएका होटल सञ्चालक अर्जुनलाई प्रहरीले शनिबार दिउँसो विराटनगरबाटै पक्राउ गरेको थियो । उनले महिलालाई प्रदेश २–०१–००१ च २२७ नम्बरको गाडीमा राखेर उपचारका लागि कोसी अस्पताल ल्याएका थिए । महिलालाई शुक्रबार साँझ गछिया पुलबाट त्यही गाडीमा राखेर रामबहादुरले होटलसम्म लगेको पाइएको प्रहरीले जनाएको छ । 

बलात्कार गर्न नदिएर महिलाले प्रतिकार गरेपछि अर्जुनले हात भित्र छिएर महिलाको यौनाङ्ग नै क्षतिविक्षत बनाइदिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार अत्यधिक रक्तश्राव भएकी महिलाको यौनाङ्ग क्षतिविक्षत हुनुका साथै शरीरभरि नीलडाम र चोटपटक छ । डिएसपी मुकारुङले प्रतिकार गर्न थालेपछि महिलालाई यातना दिने र कुटपिट गर्ने कामसमेत भएको बताए । 

प्रहरीले अर्जुनको होटलमा काम गर्ने आरती श्रेष्ठ नाम गरेकी युवतीलाई पनि नियन्त्रणमा लिएको छ । डिएसपी मुकारुङका अनुसार सामूहिक बलात्कार भएको घटना प्रत्यक्ष देखेकी युवतीले पीडित महिलाले चिच्याएर हारगुहार गर्दा पनि प्रहरीलाई खबर नगरेको पाइएपछि उनलाई समेत पक्राउ गरिएको छ । बलात्कार गरिएको होटलमा पुग्दा आरती र बलात्कारमा संलग्न अर्जुनका भाइ मनोजले पीडित महिलाकी बहिनीलाई दुव्र्यवहारसमेत गरेको पाइएको उनले बताए । गम्भीर ढङ्गले घटनाको अनुसन्धान थालेर फरार रहेका रामबहादुरको खोजी तीव्र पारिएको मुकारुङले बताए । 

महिलाका ४ वर्ष र १७ महिनाका दुई जना छोरी छन् । पीडित महिला सपरिवार खोटाङबाट गत असोजमा मोरङको बेलबारी बसाइँ सरेकी हुन् । श्रीमान २ महीनाअघि पहाड घर खोटाङ गएका थिए । दुई जना कलिला नानीहरुलाई गछियास्थित बहिनीको घरमा छाडेर काम गर्न गएकी उनलाई कामबाट फर्कने क्रममा अपहरण शैलीमा लगेर बलात्कार गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सुरुमा रामबहादुरले र त्यसपछि मनोज तथा अर्जुनले पालैपालो बलात्कार गरेको पाइएको छ । 

शुक्रबार राति बलात्कार भए पनि पीडितलाई उपचारका लागि भर्ना गरिएपछि शनिबार दिउँसो मात्रै प्रहरीले घटना थाहा पाएको हो । प्रहरीका अनुसार महिलालाई बेहोस बनाउने वस्तु सुँघाएर र खुवाएर लठ्याएपछि बलात्कार गरिएको हुनसक्छ । 

पीडितकी बहिनीले घटनाका बारेमा आफूहरुलाई शनिबार बिहान ८ बजे मात्रै थाहा भएको बताइन् । भनिन्, ‘घटना थाहा पाएर पुग्दा बलात्कार गरिएको कोठा र ओछ्यान रक्ताम्य थियो ।’ दिदीलाई बेहोस भएर रगतको आहालमा डुबेको देखेपछि आफूले केही सोच्न नसकेको उनले बताइन् । उपचारका लागि लैजानलाई हारगुहार गर्दा आफूमाथि नै दुव्र्यवहार भएको गुनासो उनको छ । प्रहरीलाई खबर गर्छु भनेपछि मात्रै उपचारका लागि लैजान होटल सञ्चालक तयार भएको उनले बताइन् । 

उनले उपचारका लागि ल्याउने क्रममा रक्तश्राव नरोकिएकाले गाडीको सिट नै सबै रक्ताम्य भएको जानकारी दिइन् । घर नफर्किएपछि खोजी गर्ने क्रममा आफूले दिदीलाई बलात्कारबाट पीडित भएर जीवन र मरणको दोसाँधमा छटपटाइरहेको अवस्थामा पाएको उनको भनाइ छ । उनले बलात्कारमा संलग्नले घटना सार्वजनिक गरेमा मारिदिनेसम्मको धम्की दिएको गुनासो पोखिन् । बलात्कारमा संलग्नसँग पुरानो चिनजान नरहेको उनले बताइन् । 

रक्ताम्य भएको गाडीको सिट । 

उपचारमा संलग्न प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. रिभा केसीले अत्यधिक रक्तश्रावका कारण महिलाको स्वास्थ्य अवस्था जटिल बनेको बताइन् । ‘अवस्था अन्तिम बनिसकेपछि मात्रै उपचारका लागि ल्याइएको रहेछ,’ उनले भनिन्, ‘अस्पताल ल्याउन केही ढिला भएको पाइयो ।’

उनले चिन्ताजनक अवस्थाकी बलात्कार पीडित महिलाको उपचार जारी राखिएको जानकारी दिइन् ।  डा. केसीका अनुसार पीडित महिलाको यौनाङ्ग क्षतिविक्षत छ । शरीरका विभिन्न भागमा चोटपटक छ । अरु थप समस्या भने परीक्षण गरिसकेपछि मात्रै पत्ता लाग्ने डा. केसीको भनाइ छ । 

बलात्कारबाट पीडित बनेकी महिलाका आफन्तले अमानवीय एवम् क्रुर घटनाका दोषीमाथि कारबाही हुनुपर्ने माग राखेका छन् । पीडितका काकाले सम्झनै नसक्ने र आङ् सिरिङ्ग हुने घटनाका दोषीलाई जतिसक्दो चाँडो प्रहरीले कारबाहीको दायरामा ल्याउनुपर्ने बताए । प्रहरीले घटनाका दोषीविरुद्ध जबरजस्ती करणी लगायतका मुद्दा चलाउने भएको छ । 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved