कोरोना जोखिम : भाेजपुरमा सर्वसाधारण नै लगाउँदैनन् मास्क

  • प्रकाशित मितिः माघ ९, २०७८
  • 399 पटक पढिएको
  • समय अनलाइन

भोजपुर । भोजपुर जिल्ला प्रशासन कार्यालयले कोभिड जोखिम नियन्त्रणका लागि मास्कको अनिवार्य प्रयोग गर्न जिल्लाबासीलाई आग्रह गरेको छ ।तर सर्वसाधारणले चाहिँ त्यसको बेवास्ता गर्दै पाँच रुपैयाँ पर्ने मास्कसमेत लगाएको देखिँदैन ।

भोजपुर सदरमुकाममा आज (शनिबार) पनि सधैंझैं साप्ताहिक हाट लाग्यो, जहाँ आएकाहरूलाई प्रहरीले सामाजिक दुरी कायम गर्न र मास्क प्रयोग गर्न अनुरोध गरिरहेको थियो । 

जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले जोखिम बढ्न नदिन १२ बुँदे आदेश सार्वजनिक गरेको छ । जिल्लाभित्र ती बुँदाको पूर्ण कार्यान्वयन हुने देखिएको छैन । सर्वसाधारण नै पटक–पटक आग्रह गर्दासमेत अटेरी बन्ने गरेकाले समस्या आउने गरेको देखिएको छ ।
 
भोजपुरका प्रमुख जिल्ला अधिकारी बासुप्रसाद कोइरालाले जारी गरेको आदेशको अन्तिममा भनिएको छ, ‘कोभिड–१९ सम्बन्धी आदेशको प्रभावकारी पालना सम्बन्धमा सुरक्षा निकायबाट नियमित तथा आकस्मिक अनुगमन गरिने छ । अनुगमनको क्रममा आदेशको अवज्ञा भएको पाइएमा सङ्क्रामण रोग ऐन २०२० र स्थानीय प्रचलित कानुनबमोजिम कारबाही हुनेछ ।’

सर्वसाधारणमा मात्र नभएर बढी भिडभाड हुने सरकारी कार्यालयमा कार्यरत कर्मचारीले समेत पूर्ण रूपमा मास्क प्रयोग गरेको पाइँदैन । हिँडडुलक्रममा मास्कको अनिवार्य प्रयोग गर्नाले जोखिम हुनबाटसमेत बच्न सकिने स्वास्थ्यकर्मीको भनाइ छ । 

जिल्ला प्रशासनबाट जारी आदेशको पूर्ण पालना गराउन आफूूहरूले समेत व्यवसायीलाई आग्रह गरेको भोजपुर उद्योग वाणिज्य सङ्घ अध्यक्ष ध्रुवलाल श्रेष्ठले बताए । पटक–पटक आग्रह गर्दासमेत बेवास्ता गरी लापरबाही गर्ने जोसुकैलाई पनि कानुनी दायरामा ल्याउनु पर्ने नेपाल पत्रकार महासङ्घ भोजपुर शाखा सचिव अर्जुन बस्नेतको भनाइ छ । 

सङ्खुवासभा उद्योग वाणिज्य सङ्घले ‘तपाइँको मास्क खोइ ?’ अभियान चलाएको छ । कोरोनाको नयाँ भेरिएन्ट फैलिँदा पनि शनिबार लाग्ने साप्ताहिक हाटबजारमा उपभोक्ता बिनामास्क आएपछि सङ्घले अभियान चलाएको हो ।

जोखिम नियन्त्रणका लागि सङ्घले मास्क अभियान चलाएको अध्यक्ष कृष्णभगत प्रधानले बताए । सङ्घले बिनामास्क हिँडडुल गरेका एक हजार जनालाई मास्क वितरण गरेको थियो । खाँदबारी नगरपालिका १ का वडाध्यक्ष निरञ्जन श्रेष्ठले मास्क उपलब्ध गराएका थिए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved