सामूहिक बलात्कारमा परेकी महिलाको बयान : खानेकुरा खाएपछि केही थाहा भएन

  • प्रकाशित मितिः माघ १०, २०७८
  • 398 पटक पढिएको
  • समय अनलाइन

इटहरी । खोटाङको दिक्तेल निवासी मोरङको सुन्दरहरैंचास्थित आफन्तकोमा बस्दै आएकी ३१ वर्षीया महिलाले इटहरीस्थित एक स्वास्थ्यकर्मीको घरमा घरेलु कामदारको रूपमा काम सुरु गरेको हप्ता दिन मात्रै भएको थियो ।नियमित काम सकेपछि उनी इहटरीदेखि शुक्रबार दिउँसो ३ बजेतिर गछियास्थित बहिनीको घर जाँदै थिइन् ।

बहिनीको घर नपुग्दै प्रदेश २–०१–००१ च २२७ नम्बरको मारुती भ्यानमा तीन जना आइपुग्छन् । गाडीमा रहेका तीन मध्ये एक जनाले बहिनीको घर पु¥याइदिने भनी गाडीमा राखेर लैजान्छन् । तर, झुक्याएर जंगलबाट घुमाएर होटलमा पु¥याउँछन् । महिलालाई अपहरण शैलीमा सुन्दरहरैंचा ४ बलियास्थित श्रेष्ठ होटल एन्ड फेमिली लजमा पु¥याएका उनीहरुले रातभर सामूहिक बलात्कार गर्छन् ।

माथि वर्णित घटना कुनै फिल्मी दृश्य होइन । मोरङ सुन्दरहरैंचाको यो घटना यस्तो बेलामा बाहिरिएको छ, जतिबेला मोरङमा यौन अपराधको घटना ह्वात्तै बढेको तथ्यांक सार्वजनिक भइरहेको छ ।

महिलाको सामूहिक बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले सुन्दरहरैंचा नगरपालिका–४ का ३६ वर्षीय अर्जुन श्रेष्ठ, उनका भाइ २५ वर्षीय सुरज श्रेष्ठलाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ । घटनामा संलग्न एक जना फरार रहेका छन् । उनको पनि खोजीकार्य भइरहेको मोरङ प्रहरीका डिएसपी मञ्जिल मुकारूङले जानकारी दिए ।

होटलको एउटा कोठामा थुनेर रातभर महिलालाई तीन जनाले पालैपालो बलात्कार गरेको खुलेको प्रहरीले जनाएको छ । अत्यधिक रक्तस्रावका कारण पीडितको अवस्था गम्भीर छ । सामूहिक बलात्कारको शिकार बनेकी मोरङ सुन्दरहरैचाकी महिला विराटनगरस्थित कोशी अस्पतालको उपचार कक्षमा गम्भीर अवस्थामा छिन् । बलात्कारको शिकार बनेकी उनी यतिबेला जीवन मरणको दोसाँधमा अस्पतालको शैय्यामा छटपटाइ रहेकी छिन् ।

उनी राम्ररी बोल्न सक्दिनन् । उनलाई कोसी अस्पतालमा भर्ना गरिएको छ । सामूहिक बलात्कारको शिकार बनेकी उनलाई अर्धचेत अवस्थमा भेटिएको बावुले बताए । ‘योनीदेखि रगत बगेको थियो । शरिरभरी चोटपटक लागेको छ,’ छोरीको कुरुवा बसेका बावुले भने, ‘छोरीको अवस्था अहिले पनि चिन्ताजनक छ ।’ उनी रुने कराउने, चिच्याउने र घरीघरी बेहोस हुने गर्छिन् । छोरीलाई गरेको आक्रमणको चोटपटक अहिले पनि शरिरभरी छ । उनको जीउभरी निलडामहरु छन् । रातभरको पीडाले छोरी बेहोस थिइन् । कोठा र ओछ्यान रक्ताम्य थियो । कोठामा लडिरहेकी थिइन् । उपचारमा ल्याउने क्रममा रगतले गाडीको सिट नै रक्ताम्य भएको थियो । बलात्कारमा संलग्नले घटना सार्वजनिक गरेमा मारिदिनेसम्मको धम्की दिएको पीडितको गुनासो छ । बिहान ८ बजेतिर ब्युँझिएपछि उनले होटलमा राखेर बलात्कार गरेको भनेपछि घटना बाहिर आएको हो ।

वलात्कृत महिलाको आर्थिक अवस्था ज्यादै नाजुक भएकोले औषधि उपचार गर्न समेत नसकेको पीडितका आफन्तले बताएका छन् । अस्पतालकी प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. रिभा केसीले रक्तस्राव रोक्ने प्रयास जारी रहेको बताइन् । ‘रक्तस्राव अत्यधिक भइरहेको छ । रगत धेरै बगेका कारण रक्तचाप पनि निकै कम भएर गयो,’ उनले भनिन्, ‘पीडितको उपचारमा कुनै कमजोरी हुन नदिन सक्दो प्रयास गरिरहेका छौं । अवस्था निक्कै गम्भीर छ ।’

डा. केसीका अनुसार पीडित महिलाको यौन अंग क्षतिविक्षत छ । शरीरका विभिन्न भागमा पनि चोटपटक छ । ‘यौनअंगमा ठूलो असर पुगेका कारण सिलाइ गर्नुपर्ने हुन सक्छ,’ उनले भनिन्, ‘अरू थप समस्याका विषयमा परीक्षण गरेर रिपोर्ट आइसकेपछि मात्रै थाहा हुन्छ ।’ पीडितका २ छोरा र २ छोरी छन् । केही दिनदेखि बहिनीकोमा उनीहरु बस्दै आएका थिए ।

खानेकुरा खाएपछि केही थाहा भएन

विभिन्न ठाउँमा घुमाउँदै ती तीन युवाले साँझ ७ बजेतिर मलाई होटलमा पु्र्याएका थिए । एकछिनमा बहिनीको घर पुर्याइदिन्छु भन्दै केही खान दिएका थिए । उनीहरुले दिएको बस्तु खाएपछि बेहोस भइछु ।

बेहोस बनाउने वस्तु खान दिएपछि होसमा आउँदा होटलको दुई तलामाथि कोठा थिए । कोठामा लगेर तीन जनाले नै पालैपालो बलात्कार गरे । सुरुमा गाडीमा राखेर लैजाने युवकले, पछि अर्जुन र सुरजले बलात्कार गरेका थिए । होटलमा मलाइ पु¥याएपछि बाहिरबाट गेट र ढोका बन्द गरे । सुरूमा गाडीमा लैजाने युवाले र त्यसपछि अर्जुनले गरेर गएपछि उसको भाइ सुरज आयो । मैले प्रतिकार गर्न खोज्दा त्यसबेलामा म माथि आक्रमण गरेपछि त्यसपछि पुरै बेहोस भएछु ।

पटक पटक बलात्कार गरेपछि पीडा भएपछि मध्यराति १२ बजेतिर चिच्याएँ पनि । प्रतिकार गर्दा एक जनाको लिंङगमा लात्तले हानिदिएँ । त्यसपछि आक्रोशित भएका लामो कपाल हुनेले मेरो यौनांगभित्र हात घुसाए । त्यसपछि योनी क्षतविक्षत भएर रगत बग्यो । अहिले पनि रगत बगिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved