दुई मुख्यमन्त्री र १२ सीडीओलाई गृहमन्त्रीको फोन : संक्रमणको अवस्था कस्तो छ ?

  • प्रकाशित मितिः माघ १०, २०७८
  • 404 पटक पढिएको
  • समय अनलाइन

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाणले दुई प्रदेशका मुख्यमन्त्री र १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरेका छन्।

गृहमन्त्री खाणले फोन गरी सीमा नाकाबाट भित्रने नागरिकमा कोरोना संक्रमण, होल्डिङ सेन्टरको अवस्था, एन्टिजेन परीक्षणलगायतबारे जानकारी लिएका हुन् ।

गृहमन्त्री खाणले लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसी, मधेसका मुख्यमन्त्री लालबाबु राउत तथा सीमा नाका जोडिएका र सीमासँग नजिकका जिल्ला कैलाली, रुपन्देही, बाँके, अर्घाखाँची, कञ्चनपुर, बारा, पर्सा, मोरङ, झापा, सप्तरी, कपिलबस्तु र नवलपरासी पश्चिमका प्रजिअलाई टेलिफोन गरेर त्यहाँको अवस्थाबारे जानकारी लिएका हुन्।

तराईका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई शीतलहर र त्यसबाट नागरिकलाई बचाउन गरिरहेको प्रयासबारे पनि जानकारी लिएको उनको सचिवालयले जानकारी दिएको छ।

बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले गृहमन्त्री खाणले बोर्डरमा एन्टिजेन परीक्षण, स्वास्थ्य सेवा केन्द्रको अवस्था र शीतलहरबाट नागरिकलाई बचाउन भइरहेको प्रयास र आगामी योजनाबारे जानकारी लिएको बताए।

झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जिल्लामा कोरोना महामारीको स्थिति, होल्डिङ सेन्टरको अवस्था, एन्टिजेन परीक्षणबारे गृहमन्त्रीले टेलिफोनमार्फत जानकारी लिएको बताए।

गृहमन्त्री खाँणले सीमाबाट भित्रने नागरिकमा कोभिड–१९ परीक्षण गर्दा पोजिटिभ देखिए आइसोलेसनमा राख्न र नजिकैको जिल्लामा घर भएका स्वास्थ्य मापदण्ड अपनाएर घरमै आइसोलेसनमा बस्न चाहनेलाई घरसम्म पुर्‍याउने व्यवस्था मिलाउन पनि निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved