अधिकार माग्दै महासंघ : मुख्यमन्त्रीकाे कार्यालय अघाडी खाली डाेकाे राखेर प्रदर्शन

  • प्रकाशित मितिः माघ १०, २०७८
  • 537 पटक पढिएको
  • समय अनलाइन

विराटनगर । सामुदायिक वन उपभोक्ता महासंघले सामुदायिक वनमा उपभोक्ताको अधिकार कुण्ठित भइरहेको भन्दै प्रदेश १ को मुख्यमन्त्री कार्यालयमा खाली डोको प्रदर्शन गरेका छन् ।

वन उपभोक्ता महासंघ प्रदेश १ को नेतृत्वमा भएको डोको प्रदर्शन तथा धर्ना कार्यक्रममा दर्जनौं सामुदायिक वनका अधिकारीको उपस्थिति थियो । विराटनगरको रोडशेषस्थित मुख्यमन्त्री कार्यालयको गेटै अगाडि उनीहरुले केही घण्टा धर्ना दिए ।

सरोकारवालाबीच सहमति भएका विषयहरुलाई लत्याएर वन ऐन २०७६ विपरीत र सामुदायिक वनको अधिकारमा गम्भीर आघात पर्नेगरी विभिन्न व्यवस्थाहरू वन नियमावलीको मस्यौदामा समावेश गरिएको भन्दै उक्त कुरा सच्याउन उनीहरुको माग छ ।

उनीहरुले सरकारसमक्ष विभिन्न १० बुँदे माग गरेका छन् । सामुदायिक वन ऐन अनुसारको मस्यौदा नबनाएको भन्दै ढलापढा रुखहरु निकाल्न नदिएको र उपभोक्तालाई रमिते मात्रै बनाइएको भन्दै समस्याको छिटो समाधान गर्न उनीहरुले माग गरेका छन् ।

वन ऐन २०७६ बमोजिम तर्जुमा हुनुपर्ने वन नियमावलीको मस्यौदा तयार गर्दा सामुदायिक वन विरोधी कर्मचारी र स्वार्थ समूह तथा विचौलियाहरुको प्रभाव रहने खालको भएको भन्दै उनीहरुले यसलाई सच्याउनु पर्नेमा जोड दिएका छन् । यस्तै नियमावलीलाई पटक पटक बङ्गाउने, विगार्ने, बिथोल्ने, गिजोल्ने र नियमावलीको मस्यौदामा निरन्तर हस्तक्षेप हुने कार्य रोक्न पनि माग गरिएको छ ।

‘वन नियमावलीमा हुँदै आएको बिचौलिया तथा स्वार्थ समूह र सामुदायिक वन विरोधी तत्वहरुको हस्तक्षेप तत्काल बन्द गरी वन ऐन २०७६ को मर्म अनुरुप र सामुदायिक वन उपभोक्ता समूहको अधिकारको सम्मान, सुनिश्चतता र सुरक्षा हुनेगरी गर्न हामी माग गर्दछौं,’ सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश १ का अध्यक्ष तुलसी संग्रौलाले भने, ‘प्रदेश सरकारहरुले समेत संघीय वन ऐन २०७६ विपरीत हुनेगरी सामुदायक वनमा हस्तक्षेप गर्दै प्रदेश वनहरु तर्जुमा गरेको र नेपाल सरकार र कतिपय प्रदेश सरकारहरुले समेत सामुदायिक वनको अस्तित्व समाप्त हुने गरी संरक्षित क्षेत्रहरु (निकुञ्ज, आरक्ष, मध्यवर्ति क्षेत्र, संरक्षण क्षेत्र, वातावरण संरक्षण क्षेत्र र वन संरक्षण क्षेत्र) को घोषणा र विस्तार गरिदै आएकोले देशभरीका सामुदायिक वन उपभोक्ता समूहहरुको अधिकार सुनिश्चितताको लागि दवावमुलक अभियानहरु सञ्चालन गर्न महासंघ बाध्य भएको छ ।’

उनले देशभरीको सामुदायिक वन उपभोक्ता समूह र सम्बन्धित स्थानीय समुदायको वैधानिक र शान्तिपूर्ण मागलाई सम्बोधन नगरी सरकारले सामुदायिक वनका सन्दर्भमा प्रतिगमनतर्फको बाटो रोजेको दाबी पनि गरे ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved