अहिलेसम्मकै सर्वाधिक फरार अपराधि पक्राउ गर्न प्रदेश १ प्रहरी सफल

  • प्रकाशित मितिः माघ १०, २०७८
  • 419 पटक पढिएको
  • समय अनलाइन

इटहरी ।चालू आर्थिक वर्षको ६ महिनाको तथ्यांकलाई हेर्दा १ नम्बर प्रदेशमा फरार रहेको सूचीमा रहेका अपराधिहरू पक्राउ पर्नेको संख्या अहिलेसम्मकै सर्वाधिक रेकर्ड बनेको छ ।

प्रदेश १ प्रहरी प्रमुख अरुणकुमार बिसी आएपछि र प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुखबीचको कार्यसम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयन हुँदा अदालतबाट दोषि ठहर भइ फैसला भएका र पक्राउ नपरेकाहरु १ हजार १ सय ६८ जना रहेको छ । यसरी पक्राउ पर्ने अघिल्लो आर्थिक वर्षभरीमा जम्मा ४ सय ७५ मात्रै थियो । पक्राउ परेकाहरुबाट ६ सय ३२ कैद वर्ष असुल भएको पनि प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले उनीहरुबाट जरिमाना असुलमा पनि नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो आर्थिक वर्षभरीमा २ करोड ६६ लाख ५० हजार २ सय ७५ रुपैयाँ जरिमाना असुर भएको भएपनि चालू आर्थिक वर्षका ६ महिनामै त्यो भन्दा झण्डै दोब्बर जरिमाना ४ करोड २५ लाख ९० हजार ४ सय ५२ रुपैयाँ असुल भएको छ ।

प्रदेश प्रहरी कार्यालयको पुस मसान्तसम्मको रेकर्ड अनुसार हालसम्म ३ हजार ६ सय २७ मुद्दा दर्ता भएको छ भने १९ करोडभन्दा बढी राजश्व संकलन भइसकेको छ । अघिल्लो आर्थिक वर्षमा भने राजस्व संकलनको अवस्था १८ करोड ९२ लाख ८८ हजार ५ सय रुपैयाँ मात्रै रहेको थियो ।

‘संगठन प्रमुखको निर्देशनलाई पालना गर्ने र गराउनेतर्फ विशेष ध्यान दिई समाजमा हुने अपराधिक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदिजन्य पदार्थ अवैध दोहन, अवैध काठ चोरी निकाशी र ट्राफिक व्यवस्थापनमा प्रभावकारी रूपमा प्रहरी परिचाल भए अनुसार उलेख्य मात्रामा सफलता हासिल भएको हो,’ प्रदेश प्रहरी कार्यालयले जनाएको छ, ‘यस आर्थिक वर्षको गत ६ महिनामा मात्र ३ हजार ६ सय २७ वटा विभिन्न अपराध सम्बन्धी मुद्दा दर्ता भई कारवाही गरिसकिएको छ ।’

यसैगरी भन्सार चोरी निकासीतर्फ अवैध रूपमा समान चोरी निकासी गर्ने ४७ जना मानिस पक्राउ गर्नुका साथै ५ करोड ५८ लाख ८० हजार ५६७ रुपैयाँ राजश्व संकलन भएको छ । यस्तै नदिजन्य पदार्थको अवैध रूपमा दोहन गर्ने ३२ जना मानिस र ५ सय १५ वटा नदिजन्य पदार्थ उत्खनन् गर्ने र ओसार–पसार गर्ने सवारी साधनलाई पक्राउ गर्नुका साथै २० लाख १९ हजार २५० राजस्व संकलन भएको छ । यसैगरी अवैध काठ चोरी निकासी गर्ने ४२ जना मानिस पक्राउ गर्नुका साथै १९५२ क्यू.फिट. काठ बरामद गरी ४४ लाख ४ हजार ६६६ राजश्व संकलन भएको छ ।

यसैगरी ट्राफिक व्यवस्थापनतर्फ यस आर्थिक वर्षको ६ महिनामा मात्र ट्राफिक नियम उल्लङ्घन गर्ने १ लाख ३१ हजार ५७६ वटा सवारी साधनलाई कारवाही गर्दा ८ करोड ५९ लाख ६४ हजार ५ सय राजस्व संकलन भएको छ ।

यसैगरी लागूऔषध नियन्त्रणतर्फ गाँजा ३ सय ८२ किलो ८९९ ग्राम, चरेश १४ ग्राम ५०० मिलिग्राम, ब्राउन सुगर १ किलो ४२५ मिलिग्राम, विभिन्न मनोद्धिपक क्याप्सलु १० हजार ६८, मनोद्धिपक एम्पुल ३ हजार ८७५ र मनोद्धिपक औषधीहरु ४७५ क्याप्सुल नियन्त्रण गरिएको र १६६१ रोपनी क्षेत्रफलमा लगाएको ७ लाख ५१ हजार ७७८ बोट गाँजा नष्ट गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved