पानीमा डुबेर मृत्यु भएका भनिएका अशोकको साथीले हत्या गरेको खुलासा

  • प्रकाशित मितिः माघ ११, २०७८
  • 409 पटक पढिएको
  • समय अनलाइन

विराटनगर । मोरङको कटहरीमा मदिरा खाएपछि आफ्नै साथीको दुई जनाले हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । जहदा गाउँपालिका ३ का ४० वर्षीय अशोक ऋषिदेवको हत्या आफ्नै दुई जना साथीले गरेको मोरङ प्रहरीको अनुसन्धानबाट खुलेको हो ।

यसअघि उनको मृत्यु पानीमा डुबेर भएको सार्वजनिक भएको थियो । राजमस्त्री काम गर्ने ऋषिदेवको हत्या आरोपमा प्रहरीले कटहरी ३ का ३८ वर्षीय शेखर राजवंशीलाई पक्राउ गरेको मोरङ प्रहरीका डिएसपी मजिंल मुकारूङले जानकारी दिए । उक्त घटनामा संलग्न अर्का एक जना फरार छन् । उनको पनि खोजी कार्य तीव्र बनाएको उनले बताए ।

शनिबार राती काम सकिएपछि उनीहरु कटहरीको एक भट्टी पसलमा गएर मदिरा खाएका सेवन गरेका थिए । ‘भट्टी पसलबाट निस्किएपछि सामान्य विषयलाई लएर विवाद भएको रहेछ । विवाद हुँदा अशोकलाई शंकर र अर्का एक जना साथी भएर आक्रमण गरेका रहेछन्,’ डिएसपी मुकारूङले भने, ‘उनीहरुको आक्रमणबाट अकोशको हत्या भएको छ ।’ हत्या गरेपछि अकोशको शव कटहरी ३ मा जलमग्न भएको स्थानमा लगेर शव फालेको प्रारम्भीक अनुसन्धानबाट खुलेको डिएसपी मुकारूङले बताए ।

‘पानीमा अशोकको शव फालेपछि उनले चढ्दै गरेको साइकल पनि त्यही लगेर फालिदिएको पाइएको छ,’ उनले भने । राती अशोकको हत्या गरेपछि उनीहरु दुवै जना घरमा नसुति बासझ्याङमा बसेको पाइएको छ । प्रहरीले शंकरलाई घरदेखि करिब २ किलोमिटर टाढा रहेको बासझ्याङदेखि आइतबार पक्राउ गरेको हो । अर्को साथी पनि फरार भएकोले उनको पनि खोजी कार्य जारी रहेको छ । पक्राउ परेका राजवंशीलाई प्रहरीले सोमबार कर्तब्य ज्यान मुद्दामा म्याद थप गरि अनुस्न्धान अगाडि बढाएको मोरङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved